English

कपालमा चाया परेर हैरान हुनुहुन्छ भने यस्ता छन् हटाउने उपाय



कपालमा चाया पर्ने समस्या अहिले धेरैको आम समस्या बनेको छ । यसबाट बालबालिका देखि वृद्धवृद्धासम्म अछुतो छैनन् ।
चायाका कारण कतिपयलाई ठूलै समस्या समेत पारिरहेको छ । यसले व्यक्तित्वमा समेत असर पार्ने हुँदा कसरी हटाउने भन्ने सबैको चिन्ताको विषय हुन सक्छ । चाया प्राय दुई प्रकारको हुने गर्छ । एउटा छालामा टासिने अर्को छालामा नटासिने ड्राइ अर्थात् भुरभुर उड्ने चाया । छालामा टाँसिने चायाको तुलनामा ड्राइ चायालाई हटाउन अलि सहज हुन्छ । त्यसैले कपालको चाया हटाउने उपायका बारे सौन्दर्यविद् तथा सौन्दर्य कला व्यवसायी संघको केन्द्रिय अध्यक्ष कमला श्रेष्ठले दिएको सुझाव यस्तो छ :

चाया हटाउने उपाय

– चाया भएको व्यक्तिले छुट्टै काइँयो तथा रुमालको प्रयोग गर्ने ।
– ठूलो दाँत भएको काइँयोले हरेक साँझ कपाल राम्ररी कोर्ने । यसले गर्दा कपालमा भएको फोहोरमैला बाहिर निस्कन्छ  ।
– कपाल कोर्ने काइँयो अथवा ब्रस सफा हुन जरुरी छ । त्यसैले काइँयो तथा ब्रस डेटोल पानीमा सफा गरिरहने ।
– जंकफुडहरु एकदमै कम खाने
– कपालको जरालाई सुख्खा हुन नदिन तेलले जरामा मसाज गर्ने ।
– अल्कोहल प्रयोग भएको सामानहरु जस्तै ः जेल, हेयर स्प्रे प्रयोग नगर्ने ।
– कपालमा साबुनको प्रयोग नगर्ने । यसले कपाल तथा जरालाई सुख्खा बनाउँछ र चाया पर्छ ।
– ओलिभ आयल र विभिन्न मिनरल आयलहरु जरामा लगाएर मालिस गरेर २ घन्टा छोड्ने अनि नुहाउने ।
– नुहाउँदा मेडिकेटेड एन्टी फंगल स्याम्पुको प्रयोग गर्ने । यस्तो स्याम्पु ३ महिना लगातार प्रयोग गर्नु पर्छ बिचमा छोड्नु हुँदैन ।
– यो स्याम्पुको प्रयोग गर्दा सुरुको महिना हप्तामा एक पटक, दोस्रो महिनामा १५ दिनमा एक पटक र तेस्रो महिनामा १ पटक मात्र लगाउनु पर्छ ।
– चाया कम गर्नकै लागि लिभ अन लोसनको प्रयोग पनि गर्न सकिन्छ । यो लोसन दैनिक जरामा लगाएर मालिस गर्दा चाया हटाउन सकिन्छ ।
– एकदम धेरै चाया छ भने ३ प्रतिशत टि जेल र टि साल स्याम्पुलाई अन्य स्याम्पुमा मिसायर लगाउन सकिन्छ ।
– राति सुत्नु अघि ग्लिसरीनलाई जरामा लगाएर मालिस गर्ने यसले पनि चायाको समस्यालाई कम गर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested