English

घामले छालामा पुर्याउँछ यस्तो असर, कसरी जोगिने ?



लामोसमय घाममा बस्दा छालामा प्रत्यक्ष असर गर्छ । अझै गर्मीमा बढ्ने तापक्रम र आद्रताले छालामा चिल्लोपना निस्कने ग्रन्थी सक्रिय हुन्छ । जसले गर्दा छाला अझै बढी चिल्लो हुन्छ र फुस्रो दागहरु पनि देखिन्छ । त्यसो त घामले छालामा गर्ने असर र यसबाट बच्ने उपायबारे छालारोग विशेषज्ञ डा. लैला लामाले दिएको सुझाव यस्तो छ ।

छालामा पुर्याउने असर :

घाममा हुने अल्ट्राभायोलेट ए र बी छालामा असर गरिरहेको हुन्छ । घाममा हुने अल्ट्राभायोलेट बी ले छाला सुख्खा हुने, डढ्ने, फुस्रो हुने, रातो हुने, चिलाउने र एलर्जी हुने जस्ता समस्याहरु देखिन्छ ।

दीर्घकालीन रुपमा छालामा पोतो, डन्डिफोर आउने जस्ता समस्याहरु पनि देखिन सक्छ । अनुहारको छालामा घामले अत्याधिक प्रभावित हुने गर्छ । त्यसैले अनुहारको छालाको विशेष ध्यान दिन जरुरी छ ।

कसरी जोगिने ?

– बाहिर धेरै गर्मी हुँदा लोशन पसिनासँगै बगेर जान्छ । त्यसकारण घाममा निस्कनुभन्दा आधा घण्टा पहिले नै सनस्क्रिम लगाउने ।

– घरबाट बाहिर निस्कँदा छाता ओडने, क्याप लगाएर हिँड्ने वा हातलाई सुतीको कपडाले ढाकेर निस्कनु पर्छ ।

– प्रशस्त पानी पिउने तथा सन्तुलित भोजनको सेवन गर्ने ।

– घामबाट घर फर्केपछि नुहाउने वा शरीरलाई राम्रोसँग सफा गर्ने ।

– छालामा साबुनको प्रयोग नगर्ने ।
– घाममा निस्कँदा बाहुला भएका कपडा लगाउने ।

– छालाअनुसार चिकित्सकको सल्लाहमा सनब्लक क्रिमको प्रयोग गर्ने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested