घामले छालामा पुर्याउँछ यस्तो असर, कसरी जोगिने ?



लामोसमय घाममा बस्दा छालामा प्रत्यक्ष असर गर्छ । अझै गर्मीमा बढ्ने तापक्रम र आद्रताले छालामा चिल्लोपना निस्कने ग्रन्थी सक्रिय हुन्छ । जसले गर्दा छाला अझै बढी चिल्लो हुन्छ र फुस्रो दागहरु पनि देखिन्छ । त्यसो त घामले छालामा गर्ने असर र यसबाट बच्ने उपायबारे छालारोग विशेषज्ञ डा. लैला लामाले दिएको सुझाव यस्तो छ ।

छालामा पुर्याउने असर :

घाममा हुने अल्ट्राभायोलेट ए र बी छालामा असर गरिरहेको हुन्छ । घाममा हुने अल्ट्राभायोलेट बी ले छाला सुख्खा हुने, डढ्ने, फुस्रो हुने, रातो हुने, चिलाउने र एलर्जी हुने जस्ता समस्याहरु देखिन्छ ।

दीर्घकालीन रुपमा छालामा पोतो, डन्डिफोर आउने जस्ता समस्याहरु पनि देखिन सक्छ । अनुहारको छालामा घामले अत्याधिक प्रभावित हुने गर्छ । त्यसैले अनुहारको छालाको विशेष ध्यान दिन जरुरी छ ।

कसरी जोगिने ?

– बाहिर धेरै गर्मी हुँदा लोशन पसिनासँगै बगेर जान्छ । त्यसकारण घाममा निस्कनुभन्दा आधा घण्टा पहिले नै सनस्क्रिम लगाउने ।

– घरबाट बाहिर निस्कँदा छाता ओडने, क्याप लगाएर हिँड्ने वा हातलाई सुतीको कपडाले ढाकेर निस्कनु पर्छ ।

– प्रशस्त पानी पिउने तथा सन्तुलित भोजनको सेवन गर्ने ।

– घामबाट घर फर्केपछि नुहाउने वा शरीरलाई राम्रोसँग सफा गर्ने ।

– छालामा साबुनको प्रयोग नगर्ने ।
– घाममा निस्कँदा बाहुला भएका कपडा लगाउने ।

– छालाअनुसार चिकित्सकको सल्लाहमा सनब्लक क्रिमको प्रयोग गर्ने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

भदौ २६ गतेका लागि तय भएको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार भएको छ । ११०औँ बीपी जयन्तीका अवसरमा यही