कोभिसिल्डको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा भेरो सेल लगाउन मिल्छ कि मिल्दैन ?



यतिबेला सामाजिक सञ्जालमा फरक–फरक खोप लगाउँदा अझ प्रभावकारी हुन्छ भन्ने चर्चा छ । के अब पहिलो मात्रा कोभिसिल्ड खोप लगाएकाले दोस्रो मात्रा भेरोसेल लगाउँदा हुन्छ ?

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख झलक शर्मा गौतम भ्याक्सिन मिक्स गर्न नहुने बताउँछन् । ‘अहिलेसम्मको अध्ययन अनुसार पहिलो मात्रा एउटा दोस्रो मात्रा अर्को खोप लगाउनु भनेको खोपको दुरुपयोग हो,’ उनले भने, ‘यसका बारेमा अध्ययन हुँदैछ त्यसैले खोप मिस युज गर्दा घातक पनि हुन सक्छ ।’

यसैगरी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले पनि फरक–फरक खोप लगाउन नहुने भन्दै सचेत गराएको छ । फरक–फरक खोप लगाउँदा त्यसको असर के हुन्छ भनेर अध्ययन भइरहे पनि आजसम्म ठोस निष्कर्ष ननिस्किएको केन्द्रले जनाएको छ ।

‘यदि फरक–फरक खोप लगाउँदा प्रभावकारी हुने भएमा सरकारले आधिकारिक रुपमा अवगत गराइहाल्छ,’ केन्द्रद्धारा जारी सूचनामा भनिएको छ, ‘त्यसैले कुनैपनि अफवाहमा नलागी हाललाई पहिलो मात्रा जनु खोप लगाएको हो दोस्रो मात्रा पनि सोही खोप लगाउनुपर्छ ।’

सरकारले जेठ २५ गतेबाट भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेबाट भेरो सेल खोपको दोस्रो मात्रा लगाउने तयारी गरिरहेको छ । २२ गतेदेखि २४ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइने छ । जसका लागि सम्बन्धित व्यक्तिले पहिलो मात्रा लगाएको खोपको कार्ड लिएर केन्द्रमा जानुपर्नेछ ।



...
असोज ४ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने « Mero LifeStyle

[…] ल्याएको थियो ।यो पनि पढ्नुहोस्–कोभिसिल्डको पहिलो मात्रा लगाएकाले दो…कोभिसिल्डको दोस्रो डोज अन्योलमा, […]

...
काठमाडौंमा साउन २ सम्म भेरोसेल, साउन ४ बाट जोन्सन एण्ड जोन्सन, यी हुन् खोप केन्द्र « Mero LifeStyle

[…] पनि पढ्नुहोस्–कोभिसिल्डको पहिलो मात्रा लगाएकाले दो…कोभिसिल्डको दोस्रो डोज अन्योलमा, […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल साफ च्याम्पियनसिप फुटबलको इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेको छ । माल्दिभ्समा जारी १३ औं संस्करणको उपाधिका लागि आज (शनिबार)

पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले

विजयादशमीको १०औँ दिनको अवसरमा एकैसाथ लंका दहन, रावण,मेघथान र कुम्भकरणको वध गरिएको छ । राजा जनकले मिथिला राज्यको राजधानी जनकपुरधामामा शुक्रबार

डा. विकास पौडेल, छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ छाला सौन्दर्यसँग जोडिएको प्रमुख अंग हो । छालामा लाग्ने विभिन्न रोगका