English

यी हुन् डिप्रेसनका लक्षण, कसरी बच्ने ?



अव्यवस्थित जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव उत्पन्न हुन्छ । यसको व्यवस्थापन गर्न नसक्दा मानिसहरु डिप्रेसनको शिकार भएका छन् । डिप्रसनको लक्षणहरु के के हुन् ? यसबाट जोगिन के के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा मानसिक अस्पतालका वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीको सुझाव यस्तो छः

लक्षण

– धेरैजसो समयमा उदास, दुःखी र दिक्दार रहनु
– दैनिक कामकारबाही र सामाजिक व्यवहार वा अरुसँगको अन्तरसम्बन्धमा रुचि कम हुँदै जानु
– केही काम गर्ने जाँगर र आत्मविश्वास हराउनु
– आफू बेकामे, बेसहारा भएको ठान्नु र भविष्य अन्धकार लाग्न थाल्नु
– सानातिना कुरामा अत्याधिक चिन्ता लाग्नु र छट्पटी बढ्नु
– बाच्ने चाहना कम भई आत्महत्याको विचार आउनु
– कडा खालका डिप्रेसनमा हुँदै नभएका कुरा सुन्ने, देख्ने र आभाष हुनेजस्ता लक्षणहरू देखिनु

जोगिने उपाय

– लामो समयसम्म एउटै काम गरिहनुहुँदैन । बीच–बीचमा घुम्न जानेजस्ता क्रियाकलाप गर्नाले फ्रेस भइन्छ ।
– फास्टफुड, जंकफुड, धूम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । अत्याधिक मात्रामा चिया–कफी पनि सेवन गर्नुहुँदैन । यसले निन्द्रा गडबडीको समस्या निम्त्याउँछ ।
– निष्क्रिय जीवनशैली त्याग्नुपर्छ । सामाजिक कार्यमा सक्रिय हुनुपर्छ ।
– समयमा सुत्ने, उठ्ने र सन्तुलित आहारसँगै पर्याप्त आराम गर्नुपर्छ ।
– मनोरोगलाई भयानक रूपमा लिनुहँदैन  । यदि, मानसिक समस्या भएको संकेत भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

Latest










Popular
Suggested