English

शिवरात्रीमा व्रत बस्दा के खाने, के नखाने ?

व्रत तीन प्रकारका हुन्छन्– निराहार, फलाहार र अन्न आहार


प्रा.भवानी प्रसाद खतिवडा

विशेष गरी व्रत तीन प्रकारका हुन्छन्– निराहार, फलाहार र अन्न आहार गरेर गरिने व्रत । व्रत बस्दा विशेषतः निराहार व्रत बस्नु भनिन्छ । तर, आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र व्रत बस्नु उचित हुन्छ । स्वास्थ्यमा समस्या हुनेहरूले वा निराहार व्रत बस्न गाह्रो हुनेहरूले भने व्रत बस्दा के खाने र के नखाने भन्ने कुरा जान्नु अत्यन्त जरुरी हन्छ ।

तपाई शिवरात्रीमा व्रत बस्दै हुनुहुन्छ तर निराहार व्रत बस्न सक्नु हुन्न भने फलाहार व्रत बस्न सक्नुहुन्छ । विभिन्न फलफूलहरू र फलफूलको जुस खान सक्नु हुन्छ । स्याउ, केरा, आँप, अंगुर, सुन्तला अनार, मेवा लगायत फलफूल सेवन गरेर व्रत बस्न सकिन्छ ।

तपाई अन्न आहार गरेर व्रत बस्दै हुनुहुन्छ भने अन्नमा खान हुने चिजहरू र खान नहुने चिजहरूको बारेमा जान्नुपर्ने हुन्छ । व्रत बस्दा खान हुने चिजहरूलाई ‘हविष्य’ भनिन्छ भने खान नहुने चिजहरूलाई ‘आमिस’ भनिन्छ । आमिस पदर्थहरूमा जस्तै मासु, मह, भटमास, नसालु पदार्थ, बासी अन्न, गुन्द्रुक, डढेको खानेकुरा आदि पर्छ । यस्ता चिज व्रत बस्दा खान हुँदैन । त्यस्तै क्रिया दुष्ट चिजहरू पनि व्रतमा खान हुँदैन । उदाहरणको लागि कुनै फलफूल काटिदै छ, त्यसलाई च्वाट्ट काट्न मासु जसरी भनियो वा काटियो भने त्यो फलफूल पनि अशुद्ध हुन्छ । भावदुष्ट चिजहरू पनि व्रतको बेला खानु हुँदैन । जस्तै दही मोही खान मन छ तर कस्तो जाँड जस्तो गनायो भनियो भने त्यो भाव दुष्ट हुन्छ र ती पनि खान हुँदैन ।

व्रत बसेको बेला खान हुनेमा हविष्य चिजहरू पर्छन् । जस्तै चामल, रहरको र मुंगको दाल, जौ, मिस्री, आलु, अदुवा, घिउमा पकाएका खाना, सिधे नुन तथा दूध आदि खान हुन्छ । यी चिजलाई शुद्ध मानिन्छ र व्रत बसेका बेला यी चिजहरू खान उचित मानिन्छ ।

प्रस्तुति सुमित्रा लुईटेल



सम्बन्धित खबरहरु

बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested