English

यस्ता छन् व्रत बस्दाका फाईदा !

चित्त शुद्ध हुन्छ र सन्तुष्टि प्राप्त हुन्छ



प्रा. भवानी प्रसाद खतिवडा

महाशिवरात्री, शिव र शक्तिको मिलन भएको रात भनेर भनिन्छ । धार्मिक मान्यताअनुसार शिवरात्रीको दिन आध्यात्मिक शक्ति जागृत हुन्छ । महाशिवरात्रीको दिन महादेव र पार्वतीको पूजा गर्दा शुभफल प्राप्त हुन्छ । यस दिनको हरेक पललाई एकदमै शुभ मानिन्छ । विवाह नभएको युवतीहरूले यो व्रत बस्दा आफूले चाहेजस्तो असल पति पाउँछन् र, विवाहित महिलाहरूले यो व्रत बस्दा पतिको आयु लामो हुने तथा परिवारमा सुख र शान्ति प्राप्त हुने मान्यता रही आएको छ

व्रत बस्नेले शुद्ध र ताजा खानेकुरा मात्र खाने भएकोले यसले शरीरलाई पनि फाईदा गर्छ । भगवानको ध्यान गर्दा मानिसको विचलित मनमा शान्ति प्राप्त हुन्छ । व्रतले भगवान खुशी हुने मात्र होइन, शरीर स्वस्थ्य, मन शुद्ध र सकारात्मक सोचको विकास हुने गर्छ ।

महाशिवरात्रीको व्रत बस्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ । शिवरात्रीको व्रत बस्दा आफ्नो, परिवारको र सम्पूर्ण जगतको नै कल्याण हुन्छ । दार्शनिक दृष्टिले हेर्दा व्रत बस्दा चित्त शुद्ध हुन्छ र मन पनि शुद्ध हुन्छ । मन तथा चित्त शुद्ध भयो भने त्यसबाट शान्ति, सुख र ऐश्वर्य प्राप्त हुन्छ । मन शुद्ध भयो भने दृष्टि शुद्ध हुन्छ र सारा कुराहरू राम्रा देखिन्छन् । भगवान् शिवको व्रत बस्नाले चित्त शुद्ध हुन्छ र सन्तुष्टि प्राप्त हुन्छ ।

महाशिवरात्रीमा शिवलिङ्गको पूजा गर्नाले जन्म कुण्डलीमा भएको नवग्रह दोष शान्त हुन्छ । शिवरात्रीमा व्रत बस्दा विभिन्न लाभ प्राप्त हुन्छ । जस्तै मानसिक शान्ति हुन्छ, मित्रताको सम्बन्ध अझै बलियो भएर जान्छ, विभिन्न रोगबाट मुक्ति मिल्छ र समाजमा मान प्रतिष्ठा बढेर जान्छ । शिवलिङ्गमा बेल पत्र चढाउँदा व्यापारमा उन्नति र समाजमा प्रतिष्ठा पनि बढेर जान्छ । भगवान शिवको पूजा गर्दा भूतप्रेत जस्तो डरबाट पनि छुट्करा मिल्छ । महाशिवरात्रीमा पूजा आराधना गर्दा शिवको आशिर्वाद प्राप्त हुन्छ । सुख शान्ति तथा समृद्धि प्राप्त हुन्छ ।

प्रस्तुति : सुमित्रा लुईटेल



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested