English

यस्ता छन् व्रत बस्दाका फाईदा !

चित्त शुद्ध हुन्छ र सन्तुष्टि प्राप्त हुन्छ



प्रा. भवानी प्रसाद खतिवडा

महाशिवरात्री, शिव र शक्तिको मिलन भएको रात भनेर भनिन्छ । धार्मिक मान्यताअनुसार शिवरात्रीको दिन आध्यात्मिक शक्ति जागृत हुन्छ । महाशिवरात्रीको दिन महादेव र पार्वतीको पूजा गर्दा शुभफल प्राप्त हुन्छ । यस दिनको हरेक पललाई एकदमै शुभ मानिन्छ । विवाह नभएको युवतीहरूले यो व्रत बस्दा आफूले चाहेजस्तो असल पति पाउँछन् र, विवाहित महिलाहरूले यो व्रत बस्दा पतिको आयु लामो हुने तथा परिवारमा सुख र शान्ति प्राप्त हुने मान्यता रही आएको छ

व्रत बस्नेले शुद्ध र ताजा खानेकुरा मात्र खाने भएकोले यसले शरीरलाई पनि फाईदा गर्छ । भगवानको ध्यान गर्दा मानिसको विचलित मनमा शान्ति प्राप्त हुन्छ । व्रतले भगवान खुशी हुने मात्र होइन, शरीर स्वस्थ्य, मन शुद्ध र सकारात्मक सोचको विकास हुने गर्छ ।

महाशिवरात्रीको व्रत बस्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ । शिवरात्रीको व्रत बस्दा आफ्नो, परिवारको र सम्पूर्ण जगतको नै कल्याण हुन्छ । दार्शनिक दृष्टिले हेर्दा व्रत बस्दा चित्त शुद्ध हुन्छ र मन पनि शुद्ध हुन्छ । मन तथा चित्त शुद्ध भयो भने त्यसबाट शान्ति, सुख र ऐश्वर्य प्राप्त हुन्छ । मन शुद्ध भयो भने दृष्टि शुद्ध हुन्छ र सारा कुराहरू राम्रा देखिन्छन् । भगवान् शिवको व्रत बस्नाले चित्त शुद्ध हुन्छ र सन्तुष्टि प्राप्त हुन्छ ।

महाशिवरात्रीमा शिवलिङ्गको पूजा गर्नाले जन्म कुण्डलीमा भएको नवग्रह दोष शान्त हुन्छ । शिवरात्रीमा व्रत बस्दा विभिन्न लाभ प्राप्त हुन्छ । जस्तै मानसिक शान्ति हुन्छ, मित्रताको सम्बन्ध अझै बलियो भएर जान्छ, विभिन्न रोगबाट मुक्ति मिल्छ र समाजमा मान प्रतिष्ठा बढेर जान्छ । शिवलिङ्गमा बेल पत्र चढाउँदा व्यापारमा उन्नति र समाजमा प्रतिष्ठा पनि बढेर जान्छ । भगवान शिवको पूजा गर्दा भूतप्रेत जस्तो डरबाट पनि छुट्करा मिल्छ । महाशिवरात्रीमा पूजा आराधना गर्दा शिवको आशिर्वाद प्राप्त हुन्छ । सुख शान्ति तथा समृद्धि प्राप्त हुन्छ ।

प्रस्तुति : सुमित्रा लुईटेल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested