English

के कोभिड-१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ?



अहिले सामाजिक सञ्जालमा कोरोना विरुद्धको खोप लगाएपछि शरीरमा भाँडा टाँसिन थालेको खबर भाइरल भइरहेको छ । नेपालमा पनि केही दिनअघि मात्रै भेरोसेलको पहिलो मात्रा खोप लगाएकी ६० वर्षीया संगिता तिमीलाको चम्चा र साँचो टाँसिएको खबर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

समाचार मात्रै होइन केही सञ्चारमाध्यमहरुले त यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका थिए । जसपछि कोरोना खोप लगाउने मानिसहरुमा त्रास उत्पन्न भएको छ ।

May be an image of one or more people and text

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोरोना खोपले कुनै पनि व्यक्तिको शरीर चुम्बकीय नबन्ने बताएको छ । कोरोना भाइरसको खोपमा कुनै पनि धातु र माइक्रोचिपहरु नहुने भन्दै मन्त्रालयले यस्ता अफवाहको पछि नलाग्न अनुरोध गरेको छ ।

कोभिड १९ को खोप सुरक्षित र प्रभावकारी रहेको जानकारी गराउँदै मन्त्रालयले यसले स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने पनि जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested