English

के कोभिड-१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ?



अहिले सामाजिक सञ्जालमा कोरोना विरुद्धको खोप लगाएपछि शरीरमा भाँडा टाँसिन थालेको खबर भाइरल भइरहेको छ । नेपालमा पनि केही दिनअघि मात्रै भेरोसेलको पहिलो मात्रा खोप लगाएकी ६० वर्षीया संगिता तिमीलाको चम्चा र साँचो टाँसिएको खबर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

समाचार मात्रै होइन केही सञ्चारमाध्यमहरुले त यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका थिए । जसपछि कोरोना खोप लगाउने मानिसहरुमा त्रास उत्पन्न भएको छ ।

May be an image of one or more people and text

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोरोना खोपले कुनै पनि व्यक्तिको शरीर चुम्बकीय नबन्ने बताएको छ । कोरोना भाइरसको खोपमा कुनै पनि धातु र माइक्रोचिपहरु नहुने भन्दै मन्त्रालयले यस्ता अफवाहको पछि नलाग्न अनुरोध गरेको छ ।

कोभिड १९ को खोप सुरक्षित र प्रभावकारी रहेको जानकारी गराउँदै मन्त्रालयले यसले स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने पनि जनाएको छ ।



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested