English

बेलायतका लागि नेपाली राजदूतद्वारा महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश



बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानी एलिजाबेथ द्वितीयसमक्ष बुधवार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

बुधवनर लण्डनको बकिंघम प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत रेग्मीले ‘भर्चुअल’ रुपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

उक्त समारोहमा रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाएका थिए । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृद्धिको कामना गरेका थिए ।

ओहोदाको प्रमाण पत्र बुझ्दै महारानीले राजदूतलाई बधाई तथा सफल कार्यकालको शुभकमना दिएकी थिइन् । महारानीले बेलायत र नेपालबीच मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गर्दै नेपालको विकासमा सहयोग गर्ने बेलायत सरकारको प्राथमिकता रहेको बताएकी थिइन् ।

आफूले गरेका नेपालको दुईवटा ऐतिहासिक भ्रमण स्मरण गर्दै महारानीले नेपालमा कोरोना संक्रमण र खोपको अवस्थाबारे समेत चासो व्यक्त गरेको लण्डनस्थित नेपाली दूतावासले बुधवार जनाएको छ ।

सो समारोहमा राजदूत रेग्मीले ब्रिटेन नेपालबीचको दुई सय वर्ष भन्दा लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक( आर्थिक विकासमा पुर्याएको सहयोगप्रति सरहाना गरेका थिए । साथै कोभिडविरुद्धको लडाईंमा बेलायती सहयोगका लागि पनि राजदूतले धन्यवाद दिएका थिए ।

उक्त समारोह बकिंघम प्यालेसबाट विन्जर क्यासलमा भिडियो लिंकमार्फत भएको थियो । महारानी एलिजाबेथ हाल विन्जर क्यासलमा बस्दै आएकी छन् ।
लोक दर्शन रेग्मी बेलायतका लागि २१ औं नेपाली राजदूतको रुपमा कार्यभार सम्हाल्दै आएका छन् ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

Latest










Popular
Suggested