English

सन्दर्भ: विश्व वातावरण दिवस

एउटा मात्र भएपनि रुख रोपौं



आज विश्व वातावरण दिवस नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । वातावरण तथा सरसफाई अभियन्ता चक्रबहादर चन्दको पहलमा काठमाडौंको यूएन पार्कसहित देशभरका ४२ स्थानमा वृक्षारोपण भएको छ । उक्त वृक्षारोपणमा कलाकारहरुको पनि उपस्थित थियो । यसै सन्दर्भमा चन्दसँग मेरोलाइफस्टाइलले गरेको कुराकानी :

वृक्षारोपण गर्ने सोच कसरी आयो ?

मैले १५–१६ वर्षको उमेरदेखि नै वृक्षारोपण गर्दै आएको छु । सानै बेलादेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको हुनाले वातावरण बचाउनु पर्छ भन्ने सोच पछिल्लो समय अलि बढी आयो । पछिल्लो समय वनजंगल नाश गर्ने, जथाभावी बस्ती बसाउने, रुख काट्ने लगायतका कारणले ग्लोबल वार्मिङको ठूलो समस्या पृथ्वीमा देखा परेको छ ।

जसले मानव जीवनलाई नै अफ्ठ्यारो पर्ने अवस्था आएको हुनाले, अब वातावरणलाई संरक्षण गरेनौ भने मानव वस्ती र यो पृथ्वीलाई नै ठूलो समस्या पर्ने भएकोले अब यसलाई अझै राम्रोसँग गरौँ न त भन्ने हिसावले हामीले २००८ देखी विभिन्न यसकिसिमका कार्य वृक्षारोपण गर्दै आइरहेका छौँ । अब यसलाई अझै व्यवस्थित गरेर जनमानसमा चेतना फैलाऔँ भन्ने यसको मुख्य उद्देश्य लिएर सुरु गरेका हौँ । आज हामीले यो कार्यक्रम दुई चरणमा गरेका छौँ । म वागमती सरसफाई अभियानको अभियन्ता पनि हो । यस अभियानमा सबै अभियन्ताहरु मिलेर आफ्नो जन्मदिनमा वागमती किनारमा आएर एउटा वृक्षारोपण गर्ने हाम्रो संस्कार रहेको छ । हामी गर्दै पनि आएका छौँ । त्यस्तै आज विश्व वातावरण दिवस र वागमती सरसफाई अभियानको ४ सय २१ औँ हप्ता पनि भएकोले वागमती किनारमा पनि वृक्षारोपण गरेका छौँ ।

यही अभियानको प्रेरणाले हामीले मेची, महाकाली सफाई अभियानलाई पूर्वको मेचीदेखी पश्चिमको महाकालीसम्म संजाल जोडेर अभियान सञ्चालन गरेका छौँ । आज त्यहि कार्यक्रम अन्तर्गत देशभरका ४२ वटा स्थानमा वृक्षारोपण गरिएको छ । आज काठमाडौं उपत्यकामा भने ललितपुरको यूएन पार्कमा कार्यक्रम सञ्चालन गरेका थियौँ । जसमा नेपाल सरकारको वन तथा वातावरण सचिव, नेपाल सरकारका पूर्व मुख्य सचिव र वागमती सरसफाई अभियानका मुख्य अभियन्ता लिलामणी पौडेलको उपस्थिति थियो । यस्तै, नायिका तथा निर्देशक दीपाश्री निरौला र नायक पल शाह पनि यो कार्यक्रमा आउनुभएको थियो । त्यहाँ आज २५ वटा बिरुवा रोपेका छौँ । कपुर, फलफूलका विभिन्न प्रजातीको बिरुवा रोपेका हौँ ।

हामीले २००८ मा साउथ एशियन टीम भनेर भारतमा गठन गरेका थियौं। यो दक्षिण एशियाली यूथहरुको टीम हो । यो टीमले भारत, बंगलादेश, भुटान, नेपाल र दक्षिण एशियामा नपरे पनि म्यानमार गरी ५ वटा देशमा यो अभियान थालेका छौँ । यो टीमको संयोजन अहिले मैले गरिरहेको छु । अब पनि हामी युवाले वातावरण जोगाउनु पर्छ भन्ने धारणा र सोच राखेनौँ भनेँ हाम्रो भावी सन्तानलाई हामीले राम्रो वातावरण दिन सक्दैनौँ । अहिले वातावरणको कारणले गर्दा मानिसले अक्सिजन नपाएर मानिसहरुको निधन भइरहेको छ । यो अवस्थालाई अलिकति भनेपनि केही संरक्षण गरौँ भन्ने सोचले यो अभियान थालेका हौँ ।

के–केका बिरुवा छन् ?

समी, अम्बा, कपूर, विभिन्न ठूला बोट हुने फूल, बोधिचित्त, अशोका रोपेका छौँ । आज विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपणको अभियान नेपालमा मात्रै होइन । म्यानमार, बंगलादेश, भुटान र भारतमा पनि भएको छ । म्यानमारको दुई स्थानमा, भारतमा भने सुमन कुमार बस्नेत अभियन्ता हुनुहुन्छ । भारतमा २२ वटा ठाउँमा आज वृक्षारोपण भएको छ । वागमती सफाई महाअभियानको संयोजनमा काठमाडौं उपत्यकामा भने यूएन पार्क, आलोकनगर, मनोहरा, गोदावरी, तिलगंगा, काठमाडौं महानगरपालिकाको वडा नं. ११, वडा नं. १२ मा रोपिएको छ । यो सबै वागमती सरसफाई अभियानका अभियन्ताहरुले गरेका हुन् ।

बिरुवा कहाँबाट ल्याउनुभयो ?

काठमाडौं भ्यालीमा आज ल्याइएका बिरुवाहरु वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको हो । मन्त्रालयले उपलब्ध गराएको बिरुवा काठमाडौं भ्यालीमा वृक्षारोपण गरिएको थियो । काठमाडौं भ्याली भन्दा बाहिरको हकमा भने जो अभियन्ताहरु हुनुहुन्छ, उहाँहरुले व्यवस्थापन गरेर रोप्नुभएको छ । काठमाडौं उपत्यका बाहिर आज ३७ स्थानमा यो अभियान सुरु भएको छ । यो अभियान पश्चिमको महेन्द्रनगर धनगढीदेखि पूर्वको झापासम्म भएको छ ।

अभियानमा कलाकारलाई अघि बढाउनुको कारण ?

यसपाली कलाकारलाई धेरै किन फोकस गरियो भन्दा कोरोनाको कारणले आज हामी लकडाउनमा छौँ । मानिसहरु बाहिर निस्किन सकिरहेका छैनन्, एकै ठाउँमा भेला भएर कार्यक्रम गर्न सक्ने अवस्था छैन । त्यसैले कलाकाहरुका फ्यान फलोइङहरु धेरै हुनुहुन्छ ।

उहाँहरुको माध्यमबाट सबैलाई सूचना पुगोस् र चेतना पनि फैलिन्छ भनेर कलाकार जोडेका हौँ । मैले लेजेण्ड कलाकारहरुलाई आफ्ना फ्यानहरुलाई वृक्षारोपण गर्न अनुरोध गरेको थिएँ । मेरो अनुरोधलाई सबै कलाकारले सपोर्ट गर्नुभयो र आज हामी यस अभियानमा केही हदसम्म सफल भएका छौँ ।

यतिबेला नेपालको वातारणको अवस्था कस्तो छ ?

पछिल्लो समय काठमाडौंको धुवाँ, धुलो केही कम भएको छ । धेरै सवारीसाधनहरु नचल्दा र मानिसको हिँडडूल नहुँदा फोहोर पनि केही कम भएको छ, जथाभावि हुन पाएको छैन । तर, केही समयअघि मात्रै काठमाडौं विश्वकै पहिलो प्रदूषित शहरमा गनिएको थियो । पछिल्लो केही दिनमा भने नेपालको पर्यावरणमा केही सुधार आएको छ । तर पनि काठमाडौंको जनघनत्व, शहरीकरणले गर्दा वातावरणले धान्दैन ।

त्यसैले आम नागरिकले कम्तीमा आफ्नो घरअघि एउटा बिरुवा रोप्न सक्यौँ र सार्वजनिक स्थलमा वृक्षारोपण गरेर त्यसलाई हुर्काउन सक्यौँ भने हामीले आवश्यक मात्रामा अक्सिजन पाउन सक्छौँ । काठमाडौंका अहिलेको अवस्था नर्मल भएपनि निषेधाज्ञापछिको जमात बाहिर निस्किँदा त्यसपछिको अवस्था चिन्ताजनक हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली