English

प्रकाशकीय



प्रिय पाठकबृन्द ! जीवन, बाँच्ने एउटा कला हो ।

जीवन पद्धति पनि हो ।

राईज मिडियाद्वारा प्रकाशित मेरो लाइफस्टाइल डटकम (merolifestyle.com) मानिसलाई सचेत भएर जीवन गुजार्न प्रेरित गर्ने उद्वेश्यले डिजिटल प्लेटफर्ममार्फत तपाईंहरु माँझ आएको छ ।

कुनैपनि देशको समृद्धिको मापन त्यहाँका नागरिकको जीवनशैंलीले निर्धारण गर्छ ।
सन् २०२६ अर्थात् आगामी पाँच बर्षपछि नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा फड्को मार्दैछ । संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट (सीडीसी)ले नेपाललाई विकासशील राष्ट्रमा स्तरउन्नति गर्न सिफारिस गरेको हो । यसका लागि राष्ट्रसंघले नेपाललाई पाँच वर्षको समय-सीमा दिएको छ ।

यो अवधिमा मुलुकले तोकिएका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । मुलुकले फड्को मार्न ‘होस्टे’ गर्ने यो अवधिमा ‘हैंसे’ थप्नु हाम्रो दायित्व हो । मेरो लाइफस्टाइल डटकमले यो दायित्व पूरा गराउन आफ्नो भूमीका निर्वाह गर्नेछ । नागरिकको जीवन शैली सुधारको वकालत गर्दैगर्दा यससँग सम्बन्धीत अधिकारका आधारभूत पक्षहरु तथा अवरोधका विरुद्ध खबरदारी गर्ने पत्रकारिताको सिद्धान्तबाट हामी किञ्चित विचलित हुने छैनौँ ।

अबको मुलधार पत्रकारिता जेलिएको राजनीति होईन, विकास र सम्भावनाको खोजी हुनुपर्छ भन्ने हाम्रो मुल मर्म हो । एउटा उन्नत समाजको स्थापनापछि जनताको लाइफस्टाइलको कोणबाट राजनीति र अर्थतन्त्र हाँकिनेछन् । त्यसबेला लाइफस्टाइल नै ‘मूलधार’ बन्ने छ भन्ने हाम्रो विश्वास हो ।

हाम्रो यही विश्वासलाई मूर्तरूप दिन तपाईंले पाठक र दर्शकका साथै आलोचक, समीक्षक र विज्ञापन दाताको भूमिका समेत निर्वाह गरिदिनु भयो भने हामी सँग–सँगै गन्तब्यमा पुग्नसक्ने छौं । यहाँहरुबाट प्राप्त हुने सल्लाह सुझाव हाम्रा लागि अमुल्य मार्ग निर्देशन बन्नेछ ।

तुलसी कुमार गुरुङ
अध्यक्ष, राइज मिडिया नेटवर्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested