नेपालमै बन्यो अक्सिजन कन्सन्ट्रेटर, सिलिन्डर र अक्सिजनको अभाव कम हुने



नेपालमा यतिबेला अक्सिजन र सिलिन्डर दुवैको हाहाकार छ । यसैको अभावमा थुप्रै कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् । यी दुवैको अभाव टार्न नेशनल युथ मुभमेन्ट नेपाल (राष्ट्रिय यूवा अभियान नेपाल) का युवाहरुले नेपालमै अक्सिजन कन्सन्ट्रेटर निर्माण गरेका छन् ।

काठमाडौं विश्वविद्यालयको डिजाइन ल्याबमा बनाइएको अक्सिजन कन्सन्ट्रेटरको परीक्षण बाँकी रहेको निर्माण टोलीका सदस्य डा. विकास सिटौला बताउँछन् ।

राष्ट्रिय युवा अभियान नेपालमा डाक्टर, इन्जिनियर, नर्स, वकिल लगायत थुप्रै पेसामा संलग्न व्यक्तिहरु आवद्ध छन् । यद्यपि, यो कन्सन्ट्रेटर निर्माण गर्न डाक्टर, इन्जिनियर र मेडिकल विद्यार्थी गरी १० जनाको टोली सक्रिय छन् ।

वातावरणमा ७९ प्रतिशत नाइट्रोजन र २१ प्रतिशत अक्सिजनको मात्रा हुन्छ । वायुमण्डलमा भएको नाइट्रोजनलाई फिल्टर गरेर २१ प्रतिशत अक्सिजनलाई कम्प्रेसरको माध्यमबाट कन्सन्ट्रेटरले क्याप्चर गर्छ ।

काठमाडौं विश्वविद्यालयको डिजाइन ल्याबमा बनाइएको अक्सिजन कन्सन्ट्रेटरको परीक्षण बाँकी रहेको निर्माण टोलीका सदस्य डा. विकास सिटौला बताउँछन् । ‘हामीले यो महामारीको समयमा नेपालमै अक्सिजन कन्सन्ट्रेटर निर्माण गरिसकेका छौं,’ उनले भने, ‘त्यसको परीक्षण हुन बाँकी छ, त्यसले नतिजा राम्रो दियो भने हामी ठूलो मात्रामा अक्सिजन कन्सन्ट्रेटर बनाएर सेवा दिन्छौं ।’

के हो अक्सिजन कन्सन्ट्रेटर ? कसरी काम गर्छ ?

अक्सिजन कन्सन्ट्रेटर भनेको वातावरणमा भएको अक्सिजनको मात्रालाई क्याप्चर गर्ने एक डिभाइस हो । वातावरणमा ७९ प्रतिशत नाइट्रोजन र २१ प्रतिशत अक्सिजनको मात्रा हुन्छ । वायुमण्डलमा भएको नाइट्रोजनलाई फिल्टर गरेर २१ प्रतिशत अक्सिजनलाई कम्प्रेसरको माध्यमबाट कन्सन्ट्रेटरले क्याप्चर गर्छ । तर, यो डिभाइसभित्र आइसकेपछि भने अक्सिजनको मात्रा ९० देखि ९५ प्रतिशत हुने डा. सिटौला बताउँछन् ।

यसका लागि सिलिन्डरको आवश्यक पर्दैन । अक्सिजन आवश्यक पर्ने व्यक्तिले डिभाइसलाई विद्युतमा जडान गरी फेसमास्क र न्याजल क्यानुलाको माध्यमबाट अक्सिजन लिन सक्ने उनले बताए ।

चीनबाट आउने अक्सिजन कन्सन्ट्रेटरको मूल्य नेपालमा ६० देखि ६५ हजार रुपैयाँ पथ्र्यो तर, अहिले यसको मूल्य बढेर ८५ देखि ९० हजार रुपैयाँसम्म पुगेको छ । यद्यपि त्यो पनि पाउन छोडिसक्यो ।

यो कन्सन्ट्रेटरले प्रतिमिनेट ५ देखि १० लिटरसम्म अक्सिजन निर्माण गर्छ । यद्यपि, उच्च मात्रामा अक्सिजन आवश्यक पर्ने बिरामीका लागि भने यसले काम गर्दैन । उनीहरुका लागि सिलिन्डर नै चाहिने डा. सिटौला बताउँछन् । ‘हामीले निर्माण गरेको डिभाइसले प्रतिमिनेट ५ देखि १० लिटरसम्म अक्सिजन उत्पादन गर्छ, त्यसैले यसले उच्च मात्रामा अक्सिजन चाहिने बिरामीलाई काम गर्दैन,’ उनले भने, ‘तर, अहिले ५ देखि १० लिटरले नै काम चल्ने बिरामीले पनि घर–घरमा सिलिन्डर राखेकाले यसको चरम अभाव भएको हो । यो अभावलाई कम गर्न कन्सन्ट्रेटरले धेरै हदसम्म सहयोग पुग्नेछ ।’

यो डिभाइसको उत्पादन चीन, अमेरिका लगायतका देशमा पहिल्यै भइसकेको थियो । नेपालमा प्राय चीनबाट यो डिभाइस आउँछ । चीनबाट आउने अक्सिजन कन्सन्ट्रेटरको मूल्य नेपालमा ६० देखि ६५ हजार रुपैयाँ पथ्र्यो तर, अहिले यसको मूल्य बढेर ८५ देखि ९० हजार रुपैयाँसम्म पुगेको छ । यद्यपि त्यो पनि पाउन छोडिसक्यो ।

डा. सिटौला विगत एक महिनायता सिनामंगलस्थित नोबल अस्पतालमा कार्यरत छन् । अस्पतालमा आउने अधिकांश बिरामीलाई अक्सिजन कै अभावमा फर्काउनुपर्दा उनलाई तनाव हुन्छ ।

नेपालमै बनाइएको कन्सन्ट्रेटरका लागि हालसम्म ४० देखि ४५ हजार रुपैयाँ खर्च भएको उनले बताए । त्यो खर्च उनीहरुले व्यक्तिगत रुपमा गरिरहेका छन् ।

कोरोनाको दोस्रो लहरमा संक्रमण भएका अधिकांश मानिसलाई अक्सिजनको आवश्यकता परेको छ । डा. सिटौला विगत एक महिनायता सिनामंगलस्थित नोबल अस्पतालमा कार्यरत छन् । अस्पतालमा आउने अधिकांश बिरामीलाई अक्सिजन कै अभावमा फर्काउनुपर्दा उनलाई तनाव हुन्छ । यस्तो बेलामा अक्सिजन कन्सन्ट्रेटर नेपालमै बनाउन सकियो भने थुप्रै बिरामीलाई राहत हुन्थ्यो भन्ने लाग्यो ।

त्यसपछि उनीसँगै अन्य साथीहरुले नेपालमै कन्सन्ट्रेटर बनाउने सल्लाह गरे । तर, त्यसका लागि मेकानिकल इन्जिनियरको आवश्यकता पर्यो । युथ मुभमेन्टमा इन्जिनियरहरु पनि थिए । सोहीक्रममा काठमाडौं विश्वविद्यालयका मेकानिकल इन्जिनियरद्धय अभिषेक काफ्ले, रमण सिलवाल र थापाथली इन्जिनियर क्याम्पसकी इन्जिनियर सुस्मा पोखरेल यसका लागि तयार भए ।

नेपालै कन्सन्ट्रेटर निर्माण भएपनि यसलाई विभिन्न सरकारी निकायबाट प्रमाणित गर्नुपर्छ । तर, सरकारी पक्षले यसलाई वेवास्ता गर्दै तत्काल प्रक्रिया अघि नबढाइदेला कि भन्ने उनीहरुमा चिन्ता छ ।

सबै तयार त भए तर, सामानको आवश्यकता पर्यो । सुरुमा गर्न सकिन्छ कि सकिँदैन भनेर उनीहरुले पुराना कन्सन्ट्रेटर मेसिन खोलेर हेरे । सबै हेरिसकेपछि इन्जिनियरको टोलीले गर्न सकिन्छ भन्ने भएपछि सामानको जुगाड गर्न लागे । यहीक्रममा उनीहरुलाई काठमाडौं विश्वविद्यालयले केही सामान उपलब्ध गरायो । त्यहाँ नभएका अरु सामान उनीहरुले नै किने । कतिपय पुराना सामानलाई परिमार्जित गरेर प्रयोग गरिएको उनी बताउँछन् ।

सरकारी निकायले ढिलाई गर्देला कि भन्ने चिन्ता

नेपालै कन्सन्ट्रेटर निर्माण भएपनि यसलाई विभिन्न सरकारी निकायबाट प्रमाणित गर्नुपर्छ । तर, सरकारी पक्षले यसलाई वेवास्ता गर्दै तत्काल प्रक्रिया अघि नबढाइदेला कि भन्ने उनीहरुमा चिन्ता छ । ‘हामीले मेसिन बनाएपनि सरकारी निकायबाट प्रमाणित गर्न ढिलाई भयो भने समस्या पर्छं,’ उनले भने, ‘त्यसैले यस्तो महामारीको बेलामा हामीले निर्माण गरेको उपकरणलाई आममानिस समक्ष पुर्याउनका लागि सरकारी निकायले छिटो भन्दा छिटो प्रक्रिया चालिदिनुपर्छ । यही हुँदैन कि भन्ने ठूलो चिन्ता छ ।’

को–को छन् टोलीमा ?

कन्सन्ट्रेसन निर्माण गर्नका लागि ३ जना इन्जिनियरसहित डा. सिटौला, पाटन अस्पतालका डा. निरन्जन केसी, काठमाडौं मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत अन्जली जोशी, पाटन एकेडेमीका प्रज्ञान बस्नेत, पाटन अस्पतालका अबिराज आचार्य, किस्ट मेडिकल कलेजमा अध्ययनरत आशिष खड्का र आशिष शाह रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली सिने क्षेत्रको होस् या सांगीतिक क्षेत्रका कलाकारबीचको द्धन्द्धका खबर बेला–बेला आउँछन् । तर, देशलाई दुखेको बेला सहयोग गर्नेमा यिनै

व्यक्तिहरू प्रायः बेलुकाको खानामा यस्तो चिजहरू खान्छन्, जसको कारणले उनीहरूको पेट गडबडी हुन्छ र उनीहरूले यौनको आनन्द लिन सक्दैनन् ।

नेपालको कुल क्षेत्रफल मध्ये १.७३ प्रतिशत भू-भाग ओगटेको सिन्धुपाल्चोक बागमती प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा ठूलो हो । पछिल्लो ७

नेपालमा गत २४ घण्टामा थप २ हजार ५ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना