English

इजरायलमाथि प्यालेस्टाइनको सबैभन्दा ठूलो हमला (भिडियो)



इजरायल र प्यालेस्टाइनको बीचमा ठूलो युद्ध सुरु भएको छ । मंगलवार प्यालेस्टाइनको हमास (इजरायल यसलाई आतंककारी संगठन मान्छ) संगठनले इजरायलको राजधानी तेल अवीव, एश्केलोन र होलान सहरलाई निशाना बनाएको थियो । राती अबेरसम्म यो तीन स्थानमा गरेर ३८ जनाको मृत्यु भएको बताइएको छ । जवाफमा इजरायली एयरफोर्सले हमासको कब्जा भएको गाजापट्टीमा हमला गरेको थियो । त्यहाँ १३ तले बिल्डिङलाई टार्गेट बनाइएको थियो ।

इजरायलका अनुसार यो बिल्डिङमा हमासको पाल्टिकल विंगको अफिस थियो । यो भवन अब खरानी भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र डिफेन्स बेनी गेन्ट्जले हमासले यो हमलाको जवाफमा ठूलो नोक्शान व्यहोर्नुपर्ने बताएका छन् ।

नेतान्याहूले भने, ‘मात्र एउटा कुरा सम्झनुस्, यसको जवाफ गम्भीर हुनेछ ।’ आईतवारदेखि यो युद्ध हालसम्म पनि जारी रहेको छ । अहिलेसम्म ३८ जना भन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । यो भन्दा पहिला हमाससँग इजरायलको युद्ध सन् २०१४ मा भएको थियो ।

टाइम्स अफ इजरायलसँगको कुराकानीका क्रममा हमासका एक प्रवक्ताले मंगलवार साँझसम्म १३० रकेट इजरायल तर्फ प्रहार गरेको बताएका छन् । २४ घण्टामा यसको संख्या ३ सय भन्दा धेरै भइसकेको छ । यसबाट कति नोक्शान भएको छ ? भन्ने पत्रकारको प्रश्नमा उनले केही नबताएको बुझिएको छ ।

इजरायलले पनि हमासका विभिन्न भवनहरु ध्वस्त बनाइदिएको छ । गाजापट्टीमा रहेको १३ तलाको भवनसमेत भत्काइदिएको छ । दिनमा त्यहाँ ७ सयदेखि १२ सयसम्म मानिस हुने गरेका थिए । तर हमलाको बेला कति थिए भन्ने कुरा खुल्न सकेको छैन ।

आइरन डोमले रोके रकेट हमला

गाजापट्टीबाट इजरायल तर्फ हानिएका अधिकांश रकेट आइरन डोमले नष्ट गरेको बताइएको छ । यो एक मिसाइल डिफेन्स सिस्टम हो । जसले रकेटलाई चिनेर काउण्टर मिसाइल लञ्च गर्दछ । यसबाट रकेट हावामै नष्ट हुन्छ । यसको सबैभन्दा पहिलो परीक्षण २०१२ मा गरिएको थियो । यसलाई इजरायली सरकारको रक्षा एजेन्सी राफेल एडभान्स्ड डिफेन्स सिस्टमले तयार पारेको हो । यो भन्दा पहिला पनि हमासका ९० प्रतिशत हमला आइरन डोमले नष्ट गरेको थियो ।

ट्रम्प भन्छन्, यो हमला बाइडेनको कमजोरी

टाइम्स अफ इजरायलसँगको कुराकानीका क्रममा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यो हमलालाई जो बाइडेनको कमजोरी भएको बताएका छन् । उनले भने, ‘म राष्ट्रपति रहँदा इजरायल र प्यालेस्टाइनबीच शान्ति थियो, प्यालेस्टाइन र इजरायलका अन्य दुश्मन अमेरिका जहिल्यै इजरायलको साथमा रहेको जान्दथे, किनभने हमला भएमा अमेरिकाले छोड्दैन, बाइडेनको कार्यकालमा हिंसा भनेको उनको कमजोरी हो ।’

आईतवारदेखि जारी छ हमला

१९६७ मा अरब-इजरायल युद्धमा जित निकालेपछि इजरायल यरुशलम डे अर्थात् उक्त जितको वर्षगाँठ मनाउँछ । यरुशलमका शेख जर्राह क्षेत्रलाई यहुदी र मुस्लिम दुवै पवित्र स्थल मान्दछन् । त्यहाँ अल अक्सा मस्जिदको बाहिर रहेका प्यालेस्टाइनहरुले पवित्र ढोकाको नजिक प्रार्थना गरिरहेका मानिस र उनीहरुको सुरक्षा गरिरहेका जवानमाथि ढुङ्गा प्रहार गरे । अल अक्सा मस्जिद पुरानो यरुशलममा छ । त्यहीँ यहुदीहरुको टेम्पल माउण्ट पनि हो । अर्थात् दुवै सम्प्रदाय यो जमीनलाई पवित्र धार्मिक स्थल मान्दछन् र यसमा आफ्नो दाबी गर्दछन् ।

इजरायल झुक्न तयार छैन

इजरायलले यरुशलम सहरको एक भागलाई आधुनिक सहरको रुपमा निर्माण गरिरहेको छ । तर प्यालेस्टाइनलाई यो स्वीकार्य छैन । विश्वका केही देश इजरायलसँग कन्ट्रक्शन रोक्ने माग गरिरहेका छन् । तर इजरायलले भनेँ, आफूले यसलाई जारी राख्ने बताउँदै आएको छ, किनभने यो आफ्नो क्षेत्र हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती