English

शीतलको स्वर, योगेन्द्रको शब्द, संगीतमा ‘किन किन’(भिडियो)



काठमाडौँ — द भ्वाइस अफ नेपाल सिजन ७ की चर्चित प्रतियोगी गायिका शीतल क्षेत्रीको ‘किन किन’ बोलको नयाँ नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ।

योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको यो गीत प्रेमका कोमल, चञ्चल र रोमाञ्चक भावनालाई केन्द्रमा राखेर तयार पारिएको छ। ‘किन किन चलबुले हुन्छ मन’ भन्ने आकर्षक मुखडाले गीतभरि प्रेममा पर्ने बेला आउने अनौठो उत्साह र हलचललाई व्यक्त गर्छ। निर्देशक अर्जुन तिवारीको निर्देशनमा तयार गरिएको भिडियोमा रोशन विश्वकर्माको अभिनय तथा कोरियोग्राफी देख्न सकिन्छ। भिडियोमा शितल क्षेत्रीको प्रस्तुति, भाव-भङ्गिमा र नृत्यले गीतको भावलाई थप जीवन्त बनाएको छ।

विश्व अधिकारीको एरेञ्ज, शुभेक्षा बराइलीको कोरस तथा शंकर लिम्बुको रेकर्डिङ रहेको यो गीत ओपल रेकर्डिङ स्टुडियोमा तयार गरिएको हो। भिडियोको सम्पादन तथा कलर दिन्सन शाहले गरेका हुन् भने क्यामेरामा मनोज खत्री रहेका छन्। राजेश क्षेत्रीको निर्माणमा एमबीए फिल्म्सको प्रस्तुतिमा आएको ‘किन किन’ ले आधुनिक नेपाली संगीतमा रोमान्टिक र ऊर्जाशील शैली प्रस्तुत गरेको छ। निर्माण टिमले भिडियो हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested