‘ज्ञान मसला’को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
के.एल. दुगर ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’ ले नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ। यस सहकार्य मार्फत कम्पनीले आफ्नो पहिचानलाई थप ऊर्जावान बनाउने र नयाँ पुस्ताका उपभोक्ताहरूसँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ। सन् १९८९ मा स्थापना भई के.एल. दुगर ग्रुपले तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास कायम राखेको छ। कम्पनीको अनुसार ‘ज्ञान’ ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थापित गरेकोछ, र वर्षौं देखि घरघरमा विश्वासिलो नामका रूपमा चिनिन्छ।
“स्वस्तिमा खड्कालाई ‘ज्ञान’ परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ। उहाँको दर्शकसँगको बलियो सम्बन्धले उहाँलाई हाम्रो ब्राण्डका लागि उत्कृष्ट प्रतिनिधि बनाएकोछ। हामी आफ्ना मूल मान्यताहरूमा अडिग रहँदै अगाडि बढि रहँदा उहाँसँगको सहकार्य झन् अर्थपूर्ण हुने विश्वास लिएका छौँ।,” के.एल. दुगर ग्रुपकी कार्यकारी निर्देशक भाविका दुगरले बताउनुभयो।
ज्ञान मसलासँग जोडिन पाउँदा नायिका स्वस्तिमा खड्काले खुसी व्यक्त गरेकी छिन्। लामो समयदेखि विभिन्न खाद्यान्नको रुपमा आफ्नो घरमा पनि रहेको यस ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तासँग ‘ज्ञान मसला’को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का आफूले सक्रिय भूमिका खेल्ने उनले बताएकी छिन्। कम्पनीले उपभोक्ताको बदलिदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न नयाँ प्रकारका मसला उत्पादनहरू बजारमा सार्वजनिक गरिरहेकोछ, जसले बजारको मागअनुसार गुणस्तर र सान्दर्भिकता कायम राख्ने लक्ष्य लिएकोछ। हाल, ज्ञान मसला १४ वि भिन्न प्रकारमा उपलब्धछ । के.एल. दुगर ग्रुपले आफ्नो वृहत् वितरण सञ्जालमार्फत देशभर गुणस्तरीय उत्पादनहरू पुर्याउदै आएको छ। यसै अनुरूप, हरेक नेपाली भान्सामा ज्ञान मसलाको पनि सहज पहुँच भइरहेको दाबी गरिएकोछ।









graphic design resources
Hocam detaylı bir anlatım olmuş eline sağlık