English

फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज कोटेश्वरमा



काठमाडौंको कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ । करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता चौलागाईंसहितको टिमले ‘भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियर’ कलेज सञ्चालनमा ल्याएको हो । सन र इन्टेरियर डिजाइनमा करिअर बनाउन चाहने युवायुवतीलाई सर्वसुलभ रूपमा व्यावसायिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कलेज सञ्चालनमा ल्याइएको सञ्चालिका सुक्निता चौलागाईंले जानकारी दिइन् । यसका लागि एकवर्षे डिप्लोमा कोर्स तयार पारिएको छ ।

‘मेरो आफ्नै पनि फेसन डिजाइनमा एक दशकको अनुभव छ । नेपालमा प्राक्टिकल्ली फेसन तथा इन्टेरियर डिजाइन पढाइ हुने कलेज कम छन् । हामीले लन्च गरेको एकवर्षे कोर्सले युथहरूलाई आफ्नो एकेडेमिक पढाइलाई असर नपर्नेगरी आफ्नो सपना पूरा गर्न मद्दत पुर्‍याउँछ भन्ने हो,’ चौलागाईंले रातोपाटीसँग भनिन्, ‘फेसन कलेज हाम्रो ड्रिम प्रोजेक्ट हो । युवाहरूको सपना पूरा गर्न सकिन्छ भन्ने उद्देश्य पनि हो ।फेसन डिजाइनिङ, बुटिक म्यानेजमेन्ट, ड्रपिङ एन्ड स्टिचिङ, स्टाइलिङ लगायत छुट्टाछुट्टै कोर्स तयार पारिएको छ । त्यसका लागि उत्कृष्ट शिक्षक तथा डिजाइनरहरूले सैद्धान्तिकका साथै प्रयोगात्मक कक्षा लिनेछन् ।

यो कोर्स अध्ययन गर्ने विद्यार्थीले फेसन डिजाइनर, बुटिक सञ्चालक, स्टाइलिस्ट र प्याटर्न मेकरको रूपमा करिअर अगाडि बढाउन सक्ने चौलागाईं बताइन् । ‘अहिले नेपालीहरूमा फेसन सेन्स निकै बढेको छ । सेलेब्रिटी कलाकार मात्रै होइन, नेतादेखि सर्वसाधारणसम्मलाई राम्रो र स्मार्ट देखिने चाहना बढेको देखिन्छ,’ उनले भनिन्, ‘यसले पनि फेसन डिजाइनिङको क्षेत्रमा करिअर कति फराकिलो छ भन्ने देखाउँछ ।’ चौलागाईंले कोटेश्वरमै आठ वर्षदेखि ‘भ्यालेन्टिनो द बुटिक’ सञ्चालन गरिरहेकी छिन् । उनले डिजाइन गरेका पहिरनहरू र्‍याम्प, नेपाली फिल्म र म्युजिक भिडियोमा निकै रूचाइएका छन् ।



...
Lilly Ray

Escape Tsunami For Brainrots Script Perfect For Grinding Levels https://tsuhub.pythonanywhere.com

...
Tristen Mcknight

Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

...
digital portfolio

Showcase your work and experience with a clean online portfolio. ProfileInfo helps you build your professional profile fast.

...
Brogan Ortega

Escape Tsunami For Brainrots Script Perfect For Casual Players https://tsuhub.surge.sh

...
digital vcard

Create a professional online presence with ProfileInfo. Showcase your portfolio, profile, and CV in one place.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested