English

प्रविन बज्राचार्यको स्वरमा नयाँ गीत ‘सोल्टिनी’ रिलिज



काठमाडौं । नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेल र माया (कुकुर) को अभिनय देख्न सकिन्छ। गीतमा स्वर स्वयं प्रविन बज्राचार्यको रहेको छ। गीतका शब्द ललित गोलेले लेखेका हुन् भने संगीत संयोजन प्रदीप जोशीले गरेका छन्। गीतमा संगीत रचना द गोक्टे’ज (कमल उपासक) को रहेको छ। म्युजिक भिडियोको निर्देशन पनि प्रविन बज्राचार्यले नै गरेका छन्। छायाँकन अनिल र गोपालले सम्हालेका छन् भने भिडियोको सम्पादन तथा रंग संयोजन फ्यामिली क्रिएसन हाउसले गरेको छ।

‘सोल्टिनी’ गीतले प्रेम र सरल जीवनका भावनालाई प्रस्तुत गरेको छ। गीतको कथावस्तु र दृश्य संयोजनले दर्शकलाई सहजै जोड्ने प्रयास गरेको छ। कलाकारहरूको अभिनय स्वाभाविक देखिन्छ भने भिडियोमा कुकुर ‘माया’ को उपस्थितिले कथालाई थप भावनात्मक बनाएको छ। गीतको म्युजिक भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ।



...
webdesign freelancer deutschland

i enjoy reading your article, such a great piece, keep up the good work, webdesign freelancer deutschland is the best webdesign freelacing service in Germany, you can check it out. Thank you

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested