English

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर



काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ योजना ल्याएको हो। यस योजनाअनुसार १००सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७ हजारसम्म छुट पाउन सकिनेछ। यस योजनाबारे आफ्नो धारणा व्यक्त गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो- ‘नयाँ जिम्मेवारीसँगै नयाँ जीवन सुरुवात गर्नेहरूका लागि यो अफर ल्याएका छौं, नयाँ सोच, नयाँ संकल्पले नयाँ जीवनलाई सहज बनाउने विश्वाससमेत लिएको छु।’ नवविवाहित जोडीलाई लक्षित गरिएको भए पनि यो योजनाबाट सबैले लाभ लिन सक्ने निर्देशक गोल्छाले बताउनुभयो। यो योजना माघ १५ बिहीबारदेखि नै लागू भएको कम्पनीले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested