English

हास्य कलाकारको टोली अमेरिकामा- हास्छ अमेरिका भोलुम १



डालस, टेक्सस अमेरिका नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपालीहरुलाई हसाउन अमेरिका आईपुगेको छ । फेम नेपालको तत्वाधानमा हास्छ अमेरिका भोलुम १ लिएर ५ जना हास्य कलाकारहरु अमेरिका आईपुगेका हुन्।हाल कमेडी क्लब वीथ च्याम्पियन हास्य टिभि शोमा सक्रिय कलाकारहरु भरतमणी पौडेल, सुमन कोईराला , सुमन कार्की, मेक्सम गौडेल र कैलाश कार्की अमेरिका आएका हुन् । उनीहरुको टोलीले अमेरिकाको विभिन्न राज्यका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुती मार्फत नेपालीहरुलाई हसाउने फेम नेपालका संचालक विमल पछाईले जानकारी दिए । सनराईज ईन्टरटेईमेन्टसँगको सहकार्यमा अमेरिका टुर अघि बढाईएको जानकारी दिदैं पछाईले विभिन्न शहरहरुमा स्थानीय आयोजकलाई समावेश गरेर कार्यक्रम गर्ने बताए ।

फ्रेबुअरीको पहिलो साताबाट सुरु हुने कार्यक्रम अमेरिकाका १४ बढि ठाँउमा हुने जनाईएको छ । कतिपय कार्यक्रमको मिति तय भैसकेको र कतिपय तय गर्ने क्रममा रहेकाले थप कार्यक्रम कुन शहरमा कहिले हुँदैंछ भन्ने सन्दर्भमा जानकारी गराउँदै जाने पछाईले सुनाए । अमेरिकाको व्यस्त जीवनमा रहनुभएका नेपालीहरुलाई हसाउनका लागि कोशेली लिएर टोली आएको फेम नेपालले शुक्रवार गरेको पत्रकार सम्मेलनमा कलाकारहरुले बताए ।



सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested