English

लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टको आयोजनामा ‘एक्टिङ आइडल’ सिजन -१



लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टको आयोजनामा ‘एक्टिङ आइडल’ सिजन -१ प्रतियोगिता आयोजना हुने भएको छ । विगत केही वर्षदेखि नवप्रतिभाहरूलाई मञ्च प्रदान गर्दै आइरहेको यस संस्थाले मिसेस तीज तथा अनलाइन दशैँ-तिहार नृत्य प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेपछि अब अभिनय क्षेत्रमा नयाँ प्रतिभा खोज्ने उद्देश्यसहित एक्टिङ आइडल सिजन-१ ल्याउन लागेको हो ।

लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टकी संस्थापक पूजा रेग्मी महन्तका अनुसार संस्थाको मुख्य उद्देश्य व्यक्तिभित्र लुकेका प्रतिभाहरूलाई उजागर गर्नु र सही मार्गदर्शनमार्फत समाज तथा देशका लागि सिर्जनशील व्यक्तित्व उत्पादन गर्नु हो । ‘यस कार्यक्रमले देशको कला, संस्कृति र भाषाको संरक्षणमा समेत टेवा पु-याउने विश्वास लिएका छौं,’ उहाँले भन्नुभयो ।

एक्टिङ आइडल सिजन-१ को अडिशन यही बुधबार दिउँसो १ बजे काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थियटरमा आयोजना हुनेभएको छ । कार्यक्रममा जुनसुकै उमेर समूहका इच्छुक प्रतिभाहरूले सहभागिता जनाउन सक्ने जनाइएको छ । आयोजकका अनुसार अभिनय क्षेत्रमा रुचि राख्ने नवप्रतिभाका लागि यो कार्यक्रम उत्कृष्ट अवसर हुने अपेक्षा गरिएको छ ।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested