तल्लो कर्णाली नदीमा राजापुर र टिकापुर नगरपालिकाद्धारा नेपालको पहिलो मत्स्य अभयारण्य क्षेत्र संयुक्त घोषणा
२४ पुष २०८२, तिकापुर, कैलाली: नेपालमा जलीय जैविक विविधता संरक्षण तथा दिगो मत्स्य व्यवस्थापनका लागि ऐतिहासिक पहलस्वरूप राजापुर नगरपालिका र टीकापुर नगरपालिकाले २०८२ पौष २४ गतेका दिन तल्लो कर्णाली नदीमा नेपालको पहिलो मत्स्य अभयारण्य संयुक्त रूपमा घोषणा गरेका छन्। स्थानीय सरकारका जनप्रतिनिधि, समुदायका प्रतिनिधि, सरकारी सरोकारवाला निकाय तथा विकास साझेदारहरूको उपस्थितिमा आयोजित औपचारिक सार्वजनिक घोषणा कार्यक्रम मार्फत उक्त अभयारण्य घोषणा गरिएको हो। उक्त मत्स्य अभयारण्य करिब ३.९ वर्ग किलोमिटर (३९० हेक्टर) क्षेत्रफलमा फैलिएको छ। यसको सिमाना बर्दिया,राजापुर नगरपालिका–३ को दक्षिणी टेढिया र राजापुर नगरपालिका–४ को छेडिया क्षेत्रदेखि कैलाली,टिकापुर नगरपालिका–८ अन्तर्गतको अर्नहवा फाँटासम्म विस्तारिएको छ, जुन दुवै नगरपालिकाको भौगोलिक अधिकार क्षेत्रभित्र पर्दछ। घोषणा गरिएका नदी खण्डहरूलाई पारिस्थितिकय दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्रका रूपमा पहिचान गरिएको छ, जहाँ रैथाने मत्स्य प्रजातिहरूको प्रजनन, अण्डा पार्ने तथा नर्सरी आवास रहेका छन्। साथै, यी क्षेत्रहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा महत्वपूर्ण जलचर प्राणीहरू—जस्तै डल्फिन, घडियाल र खैरो ओतका लागि समेत अत्यावश्यक वासस्थान प्रदान गदर्छन्।
“यो संरक्षण क्षेत्र राजापुर र टीकापुर नगरपालिकाको संयुक्त अग्रसरता, पूर्ण समर्थन, अनुमोदन र स्वालमत्वमा गररएको निर्णय हो। यसिे नदीमा निर्भर हाम्रा समुदायहरूको आवाज र सहभागितालाई मार्गदर्शक मानी, संरक्षण कार्यलाई स्थानीय तहबाटै नेतृत्व गर्ने हाम्रो दायित्वलाई उजागर गर्दछ। यो निर्णय राजापुर र टीकापुरका नागरिकहरुले आफ्नो भविष्य सुरक्षित गर्नका लागि आफ्नै पहलमा लिएको इतिहास कदम हो,” टीकापुरका नगरप्रमुख रामलाल डंगौरा थारु। मत्स्य अभयारण्यको घोषणा स्थानीय सरकारको जलचर प्राणी तथा जैविक विविधता संरक्षण ऐनअनुसार गरिएको हो। राजापुर नगरपालिका र टीकापुर नगरपालिकाका नगर कार्यपालिकाबाट विधिवत् निर्णय पारित भई, स्वतन्त्र, पूर्व जानकारी सहितको मञ्जुरीनामाका सिद्धान्तहरू पालना गर्दै सम्बन्धित वडा कार्यालयहरूमा पूर्व सूचना सार्वजनिक गरेपछि अभयारण्य घोषणा गरिएको हो।
“यस घोषणामा नगरपालिकाको पूणण स्वालमत्व ग्रहण गरेर हामी तल्लो कर्णालीको संरक्षण हाम्रो साझा कर्तव्य हो भन्ने प्रतिबद्धता पुनः पुष्टि गर्दछौं। यो कदम स्थानीय सरकार, समुदाय र समन्वयात्मक सहकार्यद्वारा अघि बढाइने दिर्घकालिन संरक्षण र जिम्मेवारीपूर्ण नेतृत्वको सुरुवात हो। यहीबाट संघठित, समन्वित र दिगो प्रयासको नयाँ अध्याय प्रारम्भ हुन्छ,” राजापुरका नगरप्रमुख दिपेश थारु। राजापुर नगरपालिका र टीकापुर नगरपालिकाले संयुक्त रूपमा आठ बुँदे घोषणा प्रतिबद्धता व्यक्त गरेका छन्। मत्स्य अभयारण्यको व्यवस्थापन स्थानीय सरकारको नेतृत्वमा नदीमा आश्रित समुदायहरूको सक्रिय सहभागितासँगै सह–व्यवस्थापनको ढाँचाअनुरुप गरिनेछ। व्यवस्थापन, निगरानी, जनचेतना अभिवृद्धि तथा नियम पालना सहजीकरणका कार्यहरू सञ्चालन गर्न समुदायमा आधारित नदी खण्ड व्यवस्थापन समूहहरू गठन गरिएका छन्।
यी समूहहरूले सम्बन्धित नगरपालिकाको निर्देशन तथा अनुगमनमा, डिभिजन वन कार्यालय र सम्बन्धित सुरक्षा निकायहरूसँग समन्वय गर्दै काम गर्नेछन्। नदीमा आश्रित समुदाय विशेषत सोनाहा र थारु समुदायको अर्थपूर्ण सहभागिता कर्णाली नदीसँग जीविकोपार्जन र सांस्कृतिक अभ्यास गहिरो रूपमा जोडिएका मा विशेष जोड दिइएको छ। यो घोषणा नदीमा निर्भर तथा अन्य स्थानीय समुदाय, स्थानीय सरकार, सरकारी निकायहरू र नागरिक समाज संगठन (CSOs) साझेदारहरू लगायत सबै सरोकारवालाहरूको संयुक्त प्रयासको प्रतिफल हो। WWF नेपालले बेलायत सरकारद्वारा डार्विन इनिसियटिभ अन्तर्गत वित्तपोषित “Strengthening Communities’ livelihood and stewardship to conserve otters in Karnali” परियोजनामार्फत प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराई यो प्रयासलाई साकार बनाउन योगदान गर्न पाएकोमा गर्व गर्दछ। यो परियोजना नेपाल सरकार, WWF नेपाल तथा स्थानीय साझेदार संस्था—सोनाहा विकास समाज (SBS), फ्रिड कमैया महिला विकास मञ्च (FKWDF), डल्फिन संरक्षण केन्द्र (DCC) र साना स्तनधारी संरक्षण तथा अनुसन्धान प्रतिष्ठान (SMCRF) बीचको सहकार्यमा संचालन भइरहेको छ।
स्थानीय पालिकाहरुले आफ्नो प्राकृतिक स्रोतको संरक्षण, प्रवर्द्धन र दिगो उपयोग गर्ने उद्देश्यसहित साखी माछा संरक्षण क्षेत्र (Sakhi fish Sanctuary) घोषणा गर्ने यस एतिहसिक निर्णयको नेतृत्वदायी भूमिका लिंदै स्वालमत्वप्रदर प्रदर्शन गरेकोमा हामी गहिरो आभारी छौ र धन्यवाद व्यक्त गर्दछौं। यस क्षेत्रमा माछा स्थानीय जीविकोपार्जन आधार मात्र नभई संस्कृतिक तथा धार्मिक पहिचान समेत अभिन्न रुपमा जोडिएको छ। नदीको पारिस्थितिक प्रणाली संरक्षण गर्दै घडियाल गोही, ओत र डल्फिन जस्ता प्रतिष्टित वन्यजन्तुको वासस्थान सुरक्षित गर्न सक्ने भएकोले यो पहलले प्रक्रितिमा आधारित पुनरुत्थानशील (regenerative) पर्यटनलाई समेत थप बलियो बनाउने सम्भावना राख्दछ। किनकि जब हामी माछको रक्षा गछौं, हामी पानीको रक्षा गछौं; जब हामी पानीको रक्षा गछौं, हामी जीवनको रक्षा गछौं; र जब हामी जीवनको रक्षा गछौं, हामी हाम्रो भविष्य सुनिश्चित गछौं।” डा- घनश्याम गुरुङ, कन्ट्री रिप्रिजेन्टेटिभ, WWF नेपाल।
तल्लो कर्णाली नदीमा गरिएको मत्स्य अभयारण्यको संयुक्त घोषणा नेपालमा समुदायिक नेतृत्वमा आधारित जलीय पारिस्थितिकिय प्रणाली संरक्षणका लागि एक राष्ट्रिय नमूनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ, जसले जैविक विविधता संरक्षण, खाद्य सुरक्षा, स्थानिय कला संस्कृतिको जगेर्ना तथा जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु-याउनेछ।









