English

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा 0% किस्ताको सुविधा सुरु



काठमाडौँ : के एल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि. सँग मिलेर आफ्ना ब्रान्ड स्काईवर्थ र लिभप्योरका लागि 0% किस्ताको सुविधा ल्याएको छ।

यस सहकार्यले नेपालमा घरेलु उपकरणको बजारमा ठूलो परिवर्तन ल्याउने लक्ष्य राखेको छ। यसले गर्दा अब देशभरका परिवारहरूले राम्रा उपकरण सजिलै किन्न सक्नेछन्। यो सुविधा अनुसार ग्राहकहरूले आफूले रोजेका स्काईवर्थ र लिभप्योरका उपकरणहरू १२ महिनासम्म बिना ब्याजको किस्तामा किन्न सक्छन्। यसले एकैपटकमा ठूलो रकम तिर्नु पर्ने बोझ हट्नेछ।

सम्झौता पत्रमा स्मार्ट अप्लायन्सेस प्रा. लि. का तर्फबाट श्री अमित बज्राचार्य (उपमहाप्रबन्धक), श्री विवेक राठी (वरिष्ठ मार्केटिङअधिकृत), र श्री अमित ठाकुर (सहायक वृत प्रबन्धक) र जगदम्बा हायर पर्चेज लि. का तर्फबाट श्री पल्लव श्रेष्ठ (व्यापार इकाई प्रमुख) ले हस्ताक्षर गरेका छन्।

यस सम्बन्धमा स्मार्ट अप्लायन्सेसका प्रतिनिधिले भन्नुभयो : “जगदम्बा हायर पर्चेजसँगको यो साझेदारी देशभरका ग्राहकहरूलाई थप सुविधा दिने हाम्रो लक्ष्यमा महत्वपूर्ण कदम हो। हामी विश्वस गछौं कि हरेक परिवारले राम्रा उपकरण प्रयोग गर्न पाउनु पर्छ, र यो 0% किस्ताको सुविधाले त्यो सम्भव बनाउँछ।”

यो योजनाले ग्राहकहरूका लागि सुविधा र किफायती मुल्यमा सामान उपलब्ध गराउने स्मार्ग स्मार्ट अप्लायन्सेसको प्रतिबद्धता देखाउँछ। एकैपर्क ठूलो रकम तिर्नु नपर्ने यस सुविधाले धेरै नेपाली पररवारहरूले स्काईवर्थ र लिभप्योरका गुणस्तरीय र भरपर्दो उपकरणहरू प्रयोग गर्न सक्नेछन्। यसले नेपालको घरेलु उपकरण क्षेत्रमा ग्राहक सुविधाको नयाँ स्तर कायम गर्नेछ।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested