English

नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न, खेल र समुदायको उत्सव



काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट ४१ को डिभिजन ‘ए’ द्वारा आयोजना गरिएको यो प्रतियोगिता केवल खेलमा सीमित नरही समुदाय, सहकार्य र आपसी सद्भावको उत्सव पनि बन्यो । प्रतियोगितामा नेपालभरिका १२ टिम र १२० भन्दा बढी खेलाडी सहभागी भएका थिए । अनुभवी सदस्यदेखि नयाँ सदस्यसम्म सबैलाई खेलप्रति रुचि र मित्रताले एकताबद्ध बनाएको थियो । दिनभरको माहोल स्वस्थ प्रतिस्पर्धा, आपसी सम्मान, हौसला र टिमवर्कले भरिएको थियो । फाइनल खेल ललितपुर लायन्स र ८८४९ एफसीबीच सम्पन्न भयो । विजेता बनेको ललितपुर लायन्सले च्याम्पियन ट्रफी प्राप्त ग-यो । व्यक्तिगत पुरस्कारहरूमा ८८४९ एफसीका अभिनव श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी, बिभिएस नाइट्सकी सोनी चौरासियाले उत्कृष्ट महिला खेलाडी र ललितपुर लायन्सका सुजल साहिले सर्वाधिक गोलकर्ताको उपाधि जितेका थिए ।

क्यानन, वाल आर्टिस्ट्री इम्पेरो, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, फोन स्टोर र प्रिमियर इन्टरनेशनल स्कुल कार्यक्रम प्रायोजक तथा डाबर नेपाल, भिजनसाइन, नेपाल मेडिसिटी र भिजन क्रिएसन रणनीतिक साझेदारको सहयोगमा कार्यक्रम सफल भएको आयोजकले बताएका छन् । स्वयंसेवकहरूको योगदानले सहभागीहरूका लागि आत्मीय, समावेशी र व्यवस्थित वातावरण तयार पारेको थियो । नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता अब लोकप्रिय वार्षिक कार्यक्रम बनेको छ । यसले खेल मात्र नभई सदस्यबीचको मित्रता, समुदाय र नेतृत्वको पाठ सिक्ने अवसर पनि प्रदान गरेको छ । त्यस्तै खेल मैदानमा नेतृत्व र टिमवर्कको महत्व के हो भन्ने प्रष्ट देखाएको छ , त्यसले समुदायलाई अझ नजिक बनाउन महत्वपूर्ण भूमिका पनि खेलेको छ ।



सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested