English

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक ( भिडियो )



काठमाडौँ— गायक भुपु लिम्बुको स्वरमा सजिएको नयाँ गीत ‘धानको बाला’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मौलिक स्वाद र भावनात्मक प्रस्तुतीसहित तयार पारिएको यो गीतले नेपाली माटो, संस्कृति र सम्बन्धको गहिरो अनुभूति बोकेको छ। गीतका शब्द डीपी खनालले लेखेका हुन् भने संगीत संयोजन, एरेन्ज तथा मिक्सिङ बादल लिम्बुले गरेका छन्। गीतको रेकर्डिङ मुन्धुम स्टुडियोमा गरिएको हो।

म्युजिक भिडियोमा गायक स्वयं भुपु लिम्बु सँगै प्रतिना राईको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन अरुण न्यौपानेले गरेका हुन् भने सम्पादनको जिम्मेवारी अनिल रानाले सम्हालेका छन्। ‘धानको बाला’ले ग्रामीण जीवनको सुगन्ध, प्रेम र संवेदनालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। नयाँ गीत ‘धानको बाला’को म्युजिक भिडियो गायक लिम्बुको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतप्रेमी दर्शक तथा श्रोतालाई यो गीतले फरक अनुभूति दिने अपेक्षा गरिएको छ।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested