English

टेकम पाण्डे ‘जिज्ञासु’को शब्दमा ‘सारङ्गीको साथी’ बजारमा



काठमाडौं । रमेश शेसी र सरिता गोतामे महारको स्वर ‘सारङ्गीको साथी’ सार्वजनिक भएको छ । जीवनका संघर्ष, पीडा र संवेदनालाई सारङ्गीको मर्मस्पर्शी धुनसँग समेटदै जिवनका विभिन्न आयामलाई गीतमा समेटिएको छ । सारङ्गीको पीडा मिश्रित धुन, भावनात्मक शब्द र कलाकारको सशक्त अभिनयका कारण ‘सारङ्गीको साथी’ श्रोता तथा दर्शकको मन छुने गीत बन्ने अपेक्षा गरिएको छ । टेकम पाण्डे ‘जिज्ञासु’को शब्द तथा सरिता गोतामे महारको संगीत र पूर्ण साम्योगको एरेन्जमा रहेको गीतमा खडक बाजुराली मिक्सिङ्ग तथा मास्टरिङ्गले गरेका छन्।

डेनिस खनालको छायाँकन , दिनेशको मुस्कानको सम्पादनमा भिडियो तयार गरिएको छ । गीतमा जिवनका सधर्षलाई निकै मार्मिक रुपमा शब्दमा व्यक्त गरिएको छ । गीतको भिडियोमा आयुष्मा कार्की (केशरी) र दिनेश मुस्कान मुख्य भूमिकामा देख्न सकिन्छ । साथै तुकमान बीके, अनिता साउद, अभिषेक लाम्साल, सिता पाण्डे र प्रयास कुमारको पनि अभिनय रहेको छ। भिडियोको निर्देशन तथा सम्पादन दिनेश मुस्कानले गरेका हुन् भने डीओपी तथा एरियल सिनेमाटोग्राफी डेनिस खनालले सम्हालेका छन्। सहायक निर्देशक तुकमान बीके (गोपाल) रहेका छन्।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested