English

ई–सेवाको ‘लाखौँ लाख शुभकामना’योजना सार्वजनिक



काठमाडौं, २९ मंसिर : नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशबाट ई–सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने ग्राहकहरूले नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । कम्पनीका अनुसार हरेक हप्ता चार जना सहभागीले अधिकतम २६ हजार रुपैयाँसम्म पुरस्कार जित्न सक्नेछन् भने बम्परतर्फ एक जना भाग्यशाली विजेताले २ लाख २ हजार ६ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

यस योजनाबारे जानकारी दिँदै ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भन्नुभयो, “अंग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गरी यो योजना ल्याएका हौं, जसमा रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरू सहभागी भई आकर्षक नगद पुरस्कारहरु जित्न सक्नेछन् । यस अवसरमा हामी सम्पूर्ण प्रयोगकर्तालाई सुख, शान्ति र समृद्धिको कामना सहित नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना पनि व्यक्त गर्दछौं ।”

यो योजना अमेरिका, बेलायत, क्यानडा, साउथ कोरिया, जापान, रोमानिया, मलेसिया, यूएई, साउदी अरेबिया लगायत विश्वका विभिन्न देशबाट ई–सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरूका लागि लागू हुने कम्पनीले उल्लेख छ । कम्पनीका अनुसार विजेताहरूको छनोट ‘लकी ड्र’ प्रणालीमार्फत गरिनेछ ।



सम्बन्धित खबरहरु

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल

काठमाडौं। गायक उत्तम मगरको स्वरमा सजिएको गीत ‘आँखामा तिमी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, समर्पण र प्रिय व्यक्तिप्रतिको

काठमाडौं : जेभियर एकेडेमीले चौथो बब एण्ड जाङ/जेभियर एकेडेमी संरक्षण पुरस्कार २०२६ तथा संरक्षणसम्बन्धी प्यानल छलफल कार्यक्रम २१ नोभेम्बर २०२६

काठमाडौं, २०८३। आफ्नो सपनाको घर निर्माणको शुभ सुरुवातलाई अझ विशेष, शुभ र स्मरणीय बनाउने उद्देश्यले रिद्धि सिद्धि सिमेन्टले “शिलान्यासमा रिद्धि

Latest










Popular
Suggested