English

शाओमी नेपालको रमेशकर्प अन्तर्गत हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा



काठमाडौं : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालभर उत्कृष्ट ग्राहक सेवा र सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । मंसिर २६, २७ र २९ गते क्रमशः सञ्चालनमा आएका यी सर्भिस सेन्टरहरू शाओमी प्रयोगकर्तालाई छिटो, भरपर्दो र विश्वासनीय सेवाको पहुँच अझ सुदृढ बनाउने लक्ष्यसहित शुरु गरिएको कम्पनीले जनाएको छ ।

नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच, फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन) लगायतका उपकरणहरूको मर्मत, तथा प्राविधिक सहयोग प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ । सबै केन्द्रमा शाओमीका जेनुइन स्पेयर पाट्र्स र आधिकारिक मर्मत प्रक्रियाहरू अपनाइने भएकाले ग्राहकले गुणस्तरीय, भरपर्दो र दीर्घकालीन सुरक्षित सेवा प्राप्त गर्नेछन् ।

यी तीनै सर्भिस सेन्टरहरू रमेशकर्प अन्तर्गत टेलिडाइरेक्ट प्रा. लि. द्वारा सञ्चालन गरिनेछन् । टेलिडाइरेक्ट नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक बितरक तथा सर्भिस, ग्राहक सहयोग र भरपर्दो सेवा प्रदान गर्दै आएको अनुभवी सेवा प्रदायक कम्पनी पनि हो । सर्भिस सेन्टर उद्घाटनको अवसरमा हेटौँडा, दमौली र बिर्तामोडका ग्राहकहरुलाई उद्घाटन भएको मितिदेखि एक महिनासम्म विशेष सुविधा उपलब्ध गराउने घोषणा गरेको हो ।
साथै उक्त स्थानका ग्राहकहरुले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड तथा वारिन्टीबाहिरका स्पेयर पाट्र्स र मर्मत सेवामा २५% सम्म छुट र वारिन्टीबाहिरका स्पेयर पाट्र्समा सर्भिस शुल्क नलाग्ने सुविधा पनि प्राप्त गर्ने छन् ।

यस अवशरमा शाओमी नेपालका प्रतिनिधिले भने, “हेटौँडा, दमौली र बिर्तामोडमा एकैसाथ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी अत्यन्तै हर्षित छौँ । हामीले लोकप्रिय उपकरणहरूको आधिकारिक र भरपर्दो सेवा उपलब्ध गराउँदा नेपाली उपभोक्ताहरुलाई झनै सहज र विश्वासयोग्य हुनेछ । टेलिडाइरेक्टसँगको सहकार्यले सेवाको गुणस्तर र पहुँच दुवै थप मजबुत हुँदै जानेछ भन्ने विश्वास हामीले लिएका छौँ ।”

यी तीनै सर्भिस सेन्टरहरूमा दक्ष प्राविधिकहरू नियुक्त गरिएको शाओमी नेपालले जनाएको छ । दक्ष प्राविधिकहरूले साधारण समस्या समाधानदेखि जटिल प्राविधिक मर्मसम्मका सेवाहरू कम्पनीका आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । ग्राहकहरूले तत्काल सल्लाह, मर्मत तथा सेवा सुविधाका लागि नजिकैको सर्भिस सेन्टरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।



सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested