English

मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु, पहिलो संस्करणका अविले पाए बलिदान खेल्ने मौका



इटहरी/ बालबालिकामा लुकेको प्रतिभा उजागर गर्ने, बौद्धिक क्षमतालाई अझ निखार्ने र उनीहरूलाई भावी कला तथा फेसन क्षेत्रका लागि तयार पार्ने उद्देश्यका साथ ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु भएको छ । ओपन स्पेस प्रा.लि.को आयोजनामा हुने प्रतियोगिताको इटहरीमा भएको पहिलो अडिसनले दोस्रो संस्करणको औपचारिक सुरुवात गरेको छ।

शनिवार इटहरीस्थित फुडशाला क्याफेमा सम्पन्न प्रतियोगिताको पहिलो अडिसनमा ४० जना बालबालिकाले सहभागिता जनाएका थिए । प्रतिस्पर्धीहरूको प्रस्तुतिलाई मूल्याङ्कन गर्नका लागि अडिसनको निर्णायक मण्डलमा मिस इसईई इटहरी २०२५ की विजेता श्रेयसी भट्टराई, मिस इसईई इटहरी २०२५ की अर्गनाइजार च्वाइस विजेता संस्कृति दाहाल, डान्स कोरियोग्राफर मनीष गिरी र मिस इसईई २०२४ की अर्गनाइजार च्वाइस विजेता प्रियंका थापा रहेका थिए ।

प्रतियोगिता आयोजक संस्था ओपन स्पेस प्रा.लि. ले गत वर्ष पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो । यो प्रतियोगिताले बालबालिकाका लागि मनोरञ्जन क्षेत्रमा प्रवेश गर्ने अवसरको समेत ढोका खोलेको प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठ ले बताए । निर्देशक श्रेष्ठका अनुसार, गत वर्षका प्रतिस्पर्धीहरूले फिल्ममा खेल्ने अवसर समेत पाएका थिए ।

पहिलो संस्करणका प्रतिस्पर्धी अवि भट्टराईले चर्चित अभिनेता सौगात मल्लको बाल्यावस्थाको भूमिका फिल्म ‘बलिदान’मा निर्वाह गर्ने मौका पाएका थिए । यसले गर्दा यो प्रतियोगिता बालबालिकाका लागि अवसरको समेत प्रशस्त माध्यम भएको पुष्टि गर्छ । पहिलो अडिसन सकिएपछि अब आयोजक संस्था छिट्टै नै फाइनल अडिसनको तयारीमा जुटेको छ । फाइनल अडिसनबाट छानिएका प्रतिस्पर्धीहरूलाई तालिमको चरणमा प्रवेश गराइनेछ ।

आयोजक संस्थाकी सीईओ सजिना श्रेष्ठले तालिममा बालबालिकाहरूको चौतर्फी विकासमा जोड दिइने जानकारी गराईन्। प्रतियोगिताको तालिमको दौरानमा प्रशिक्षकहरूले प्रतिस्पर्धीहरूलाई र्याम्प वाल्क, व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता र योगा जस्ता महत्त्वपूर्ण विषयमा प्रशिक्षण दिनेछन्, जसले उनीहरूको आत्मविश्वास र क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउने आयोजकको भनाई छ ।



सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested