English

‘परान’ को उडान अझ उचाइमा, थपिँदै एकपछि अर्को कर्पोरेट शो



कथा र अभिनयले चलचित्रलाई जीवन दिन्छ, दर्शकको साथ र मायाले त्यसमा आत्मा भरिदिन्छ । यही समीकरणलाई नेपाली चलचित्र ‘परान’ ले प्रमाणित गरिरहेको छ । रिलिज भएको पहिलो तिनदिन पछि मात्र गति समातेको परान चलचित्रले अहिले भने हल–हलमा दर्शकको मन जितिरहेको छ । दुई साता बितिसक्दा समेत चलचित्रमा दर्शकको भीड र उत्साह लगातार बढ्दै गइरहेको छ ।

चलचित्रप्रति बढ्दो आकर्षणसँगै विभिन्न कर्पोरेट हाउसहरूले पनि ‘परान’ प्रति आभार र समर्थन जनाउन थालेका छन् । यही क्रममा किरण शुज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शुज परिवारले चाबहिलस्थित केएल टावरको एफक्यूव सिनेमा हलमा आफ्ना कर्मचारीहरूको संयुक्त उपस्थितिमा विशेष कर्पोरेट शो आयोजना गरी चलचित्रको सामूहिक प्रदर्शन गरेको छ ।

उक्त अवशरमा एफक्यूव सिनेमा परिवारले परान चलचित्रका कलाकारहरुलाई फूलमाला र शंखध्वनिद्वारा स्वागत गरेको थियो भने कम्पनीका तर्फबाट गोल्डस्टार शुज परिवारले कलाकारहरूलाई उपहार स्वरूप गोल्डस्टार शुज प्रदान गरेका थिए ।

चलचित्रबारे आफनो संक्षिप्त प्रतिक्रिया दिँदै कम्पनीका एक प्रतिनिधिले भने, चलचित्रले नेपाली समाजको यथार्थ, विशेषगरी विदेशिने मोह र त्यसले पारिवारिक सम्बन्धमा पार्ने असरलाई सशक्त रूपमा चित्रण गरेको छ । त्यसैगरी चलचित्रले आफ्ना अभिभावकप्रति संवेदनशील बन्नु पर्ने सकारात्मक सन्देश दिँदै घर–परिवारको ममतामूलक सम्बन्धलाई पुनः सम्झाइदिएको छ ।



सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested