English

बेलास्पुरमा बृहत सरसफाइ



कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ । द कोकाकोला फाण्डेशनको आर्थिक सहयोगमा सञ्चालित ग्रीन नेपालगञ्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजनामा मैगलबार सो सामुदायिक सरसफाई सम्पन्न भएको हो । गाउँ, टोल र सहर सफा राख्दै समुदायबाट उत्पन्न भएको फोहोरलाई वर्गिकरण गरी पुन प्रयोगमा ल्याउन सकिने फोहोरलाई पुनः प्रयोग गर्ने तथा प्रयोगमा आउन नसक्ने फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले बताएका छन् ।

सरसफाई अभियानमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा सदस्य राज कुमार बाल्मिकी, बास नेपालका बाँके शाखा अध्यक्ष रामु चिडिमार, बास नेपालका पदाधिकारी, कर्मचारी, स्वयंसेवकहरु र स्थानीयको सामुहिक सहभागिता रहेको थियो । ३० जना सरफाई अभियानकर्ताहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रमबाट प्लाष्टिका बोतलहरु, प्लाष्टिकका झोला तथा पोलेथिनहरु, सिसा तथा काँचका टुक्रा र बोतलहरु, कागज जन्य पदार्थ, मिसावट भएको फोहोर हरुलाई अलग अलग गरेर फोहोर संकलन गरिएको बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बताए । टोलमा रहेका सम्पुर्ण नाला जाम भएर पानी पास हुन नसक्ने अवस्था भएकोमा सो नालाहरु सफा गरिएको बोहराले बताए । बास नेपालले नेपालगन्ज क्षेत्रमा नियमित रुपमा सरसफाइ गर्दै आएको छ ।



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

काठमाडौं : सांस्कृतिक चेतना, भावनात्मक शिक्षा र सामूहिक आत्मीयता प्रवद्र्धन गर्ने उद्देश्यसहित संस्कृति इन्टरनेशनल स्कुलले आफ्ना शिक्षक तथा कर्मचारी र

Latest










Popular
Suggested