English

शिक्षक, कर्मचारी र अभिभावकसहित संस्कृति स्कुल परिवारद्वारा ‘परान’ दृश्यावलोकन



काठमाडौं : सांस्कृतिक चेतना, भावनात्मक शिक्षा र सामूहिक आत्मीयता प्रवद्र्धन गर्ने उद्देश्यसहित संस्कृति इन्टरनेशनल स्कुलले आफ्ना शिक्षक तथा कर्मचारी र अभिभावकहरूलाई चलचित्र दृश्यावलोकन गराएको छ । पछिल्लो समय चर्चामा रहेको नेपाली चलचित्र परान स्कुलका शिक्षक तथा कर्मचारीलगायत विद्यार्थी र कर्मचारीका अभिभावकहरूले सामूहिक रूपमा हेरेका हुन ।

‘परान’ नेपाली समाजको पारिवारिक कथा समेटिएको भावनात्मक चलचित्र हो, जसमा जीवनको उत्तरार्धमा सन्तानको माया र साथ खोजिरहेका एक बाबुको मनोभावनात्मक कथा प्रस्तुत गरिएको छ । बाबुआमाले बुढेसकालमा सन्तानको सामीप्य चाहने र सन्तानले आफ्नै आकांक्षालाई प्राथमिकता दिँदा उत्पन्न हुने पीडा र परिस्थितिलाई फिल्मले यथार्थपरक रूपमा चित्रण गरेको छ ।

परान हेरेपछि हल बाहिर संक्षिप्त प्रतिकृया दिँदै एक अभिभावकले भन्नुभयो, फिल्म हेर्दै गर्दा म पटकपटक भावुक बने । कहिले आफू छोरा भएर बु्बाको हात समाएको अनुभव भयो । त्यसबेला पनि आँसु थाम्न सकिन । फेरि हेर्दाहेदै कहिले आफू बुबा भएको र टाढिएका सन्तानको यादले झनबढी पिरोल्दा आँसुले पुरै रुमाल भिज्यो । मैले फिल्म हेरेर यसरी आँसु बगाएको संभवतः पहिलो पटक नै हो ।

फिल्मको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर शाह रहेका छन् । अभिनयका भीष्मपितामाका रूपमा परिचित शाहले धेरै वर्षपछि शीर्ष भूमिका निभाएकाले यो चलचित्रलाई विशेष चासोका साथ हेरिएको छ । फिल्मले पारिवारिक दर्शकहरूलाई केन्द्रमा राखेपनि, सबै उमेर र वर्गका दर्शकमा समान आकर्षण पैदा गरेको देखिन्छ ।

डेब्यु निर्देशक दीपकप्रसाद आचार्य -काकु_ द्वारा निर्देशित ‘परान’ फिल्मको कथा स्वयं आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेखेका हुन् । यो चलचित्र देशका प्रतिष्ठित व्यवसायिक समूह गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको बाइस्कोप सिनेमा प्रा=लि= द्वारा निर्माण गरिएको हो ।

फिल्ममा नीर शाह, महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई तथा बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

संस्कृति इन्टरनेशनल स्कुलले आफ्ना कर्मचारीहरूबीच आपसी आत्मीयता, सामूहिक भावना र नेपाली सिनेमा तथा संस्कृतिप्रतिको समझदारी बढाउने उद्देश्यले आयोजना गरेको यो चलचित्र प्रदर्शन कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको विद्यालय प्रशासनले जनाएको छ ।



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा

Latest










Popular
Suggested