English

लुम्बिनी लायन्स एन्थम सार्वजनिक



भैरहवा, १५ कार्तिक : लुम्बिनी लायन्सले एन पि एलको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) ‘स्याबास!’ सार्वजनिक गरेको छ। बुद्ध दर्शन र खेललाइ एउटै बिम्बमा उनिएको यो कवितात्मक एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ। यो एन्थम मुख्यत दर्शकको भावबाट लेखिएको कुरा सर्जक नवराज पराजुली बताउँछन्। मैदानमा हुने ११ जना खेलाडीजस्तै मैदानबाहिरका दर्शक पनि खेलमा होमिएका हुन्छन्। ती दर्शकलाइ बाह्रौँ खेलाडीको रुपमा एन्थममा समेटिएको छ:

हामी लुम्बिनीको बाह्रौँ खेलाडी बन्छौँ
आँफै आफ्नो काँधमा धाप मारेर भन्छौँ
स्याबास् !

सर्जक भन्छन्, “जब लुम्बिनी लायन्सको खेल भइरहेको हुन्छ, त्यसबेला दर्शकहरुले आफ्नो टिमलाइ जे भन्न मन लाग्छ, एन्थममा ती पंतिहरु समेटिएका छन्।”

बुद्ध दर्शनमा भएको ध्यान र स्वासको महानतालाइ खेलको भाषामा एन्थममा प्रस्तुत गरिएको छ:

खेल जित्दा आयो सास, खेल खेल्दा गयो सास
आयो सास गयो सास, सासलाइ हेरिरह्यो सास
आउने जाने सासलाइ बनाएर साहस
लुम्बिनीले यस्तो खेल्यो सासले भन्यो, “क्या बात् ! स्याबास !”

एन्थमको संगीत संयोजन उज्वल सागरले गरेका हुन्। लिरिकल भिडियोको निर्माण बिबेक निशानीले गरेका हुन्। एनपिएल को ट्रफी टूरको क्रममा लुम्बिनीमा भएको विशेष कार्यक्रममा सो एन्थम सार्वजनिक गरिएको थियो।
लुम्बिनी लायन्सको नयाँ एन्थम सुन्नका लागि लिंकमा क्लिक गर्नुहोस्



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested