कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्ज्यूद्वारा विधेयक, २०८२” प्रमाणीकरण ।
विराटनगर । कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्ज्यूले कोशी प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको “कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२” नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयबाट पेश भएको उक्त विधेयकलई प्रदेश प्रमुखज्यूले २०८२ साल भाद्र ०२ गते सोमबार प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा प्रमाणीकरण गर्नुभएको हो ।










