English

सुदूर पूर्वी प्रवासी नेपाली संघ हङकङद्वारा तेक्वान्दो ९ डानधारी तुलसी गुरुङ तथा सगरमाथा आरोहीहरू राज र एञ्जिला सम्मानित



सुदूर पूर्वी प्रवासी नेपाली संघ, हङकङले तेक्वान्दो खेलमा नवौं डान हासिल गर्न सफल तुलसी गुरुङ र हालै सगरमाथा आरोहणमा सफलता प्राप्त गरेका राज गुरुङ तथा एन्जिला राईलाई विशेष सम्मान प्रदान गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा प्रवासी नेपाली समुदायका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, खेलप्रेमी, आरोहणप्रति चासो राख्ने व्यक्ति तथा स्थानीय नेपालीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरूले तेक्वान्दो तथा हिमाल आरोहण जस्ता साहसिक क्षेत्रमार्फत नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा र्पुयाएकोमा सम्मानित व्यक्तित्वहरूको योगदानको खुलेर प्रशंसा गरे । उनीहरूले यस्ता प्रेरणादायी कार्यहरूलाई संस्थागत रूपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

संघकी अध्यक्ष कल्पना राईले सम्मानित तीनैजनाको योगदान प्रवासी नेपाली समुदायको गौरव भएको बताउँदै आगामी दिनमा पनि यस्ता प्रेरणादायी व्यक्तित्वहरूलाई सम्मानित गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन । सम्मानित व्यक्तिहरूले यो सम्मान आफूहरूका लागि गौरवको विषय भएको भन्दै अझ ऊर्जा, उत्साह र जिम्मेवारीका साथ अघि बढ्ने विश्वास दिलाए । जोर्डनस्थित जी–५० रेष्टुराँमा आयोजित कार्यक्रमको सञ्चालन हेमराज राईले गरेका थिए ।

तस्बिर : जगत अम्बु गुरुङ/एचकेनेपाल डट कम



सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested