English

कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमित



ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौं र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो ।

हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बिहीबार जिल्लाका सात जनाको एन्टिजेन परीक्षण गरिएकामा थप तीन जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नौ पुगेको हो । सात जनाको एन्टिजेन परीक्षण गरिएकामा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका ४३ वर्षीय पुरुष, मोलुङ गाउँपालिका–८ की १९ वर्षीया महिला र मोलुङ हाइड्रोपवरमा कार्यरत कपिलवस्तुका २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये खिजीदेम्बा र मोलुङका दुई जना शहरबाट कोरोना छल्न गाउँ पुगेका व्यक्ति हुन् ।

नयाँ सङ्क्रमितमध्ये खिजिदेम्बाका एक पुरुषलाई अक्सिजन दिनुपर्ने अवस्था भएकाले उनको जिल्ला सामुदायिक अस्पताल ल्याउने तयारी भइरहेको छ ।

शहरबाट गाउँ पुगेकाहरूमा कोरोनाको लक्षण देखिन थालेपछि गाउँमा त्रास बढेको छ । “गाउँमा बस्न साह्रै डरमर्दो अवस्था भयो । शहरबाट आएकाहरू जताततै हिँडडुल खानपिन गरिरहेका छन् । गाउँ पनि अब सुरक्षित भएन”, खिजीदेम्बाका शिव घिमिरेले भने, “भर्खर गाउँ आएकाहरूमा कोरोनाको लक्षण देखियो । जाँच्दा कोरोना पुष्टि भयो । झन् यस्ता नवप्रवेशीका कारण गाउँमा त्रास बढ्यो ।” कोरोनाको दोस्रो लहर शुरु भएपछि ओखलढुङ्गामा हजारौँ मानिस गाउँ फर्किएका छन् । उनीहरू कोही पनि क्वारेन्टिनमा बसेका छैनन् ।

गाउँगाउँमा समेत कोरोनाका सङ्क्रमित भेटिन थालेपछि सङ्क्रमितका सम्पर्कमा रहेकालाई समेत स्वास्थ्य जाँच गराउनुपर्ने माग बढेको छ । तर तत्काल लक्षण देखिएका बाहेक अन्यलाई परीक्षण गर्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।

जिल्लामा हालसम्म ४४ जनाको एन्टिजेन परीक्षण गरिएकामा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा कोरोनाको लक्षण देखिएकालाई एन्टिजेन परीक्षण विधिबाट कोरोना जाँच्ने गरिएको छ ।

जिल्लामा सङ्क्रमित भएकामध्ये बुधबार सङ्क्रमण पुष्टि भएका सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडाका एक पुरुषको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । शुरुमा जटिल समस्या देखिए पनि अहिले सङ्क्रमितको केही स्वास्थ्यमा सुधार आएको जिल्ला स्वास्थ्य प्रमुख तिवारीको भनाइ छ । उनका अनुसार नयाँ सङ्क्रमितमध्ये खिजिदेम्बाका एक पुरुषलाई अक्सिजन दिनुपर्ने अवस्था भएकाले उनको जिल्ला सामुदायिक अस्पताल ल्याउने तयारी भइरहेको छ ।

खिजिदेम्बाका अर्का एक पुरुषको काठमाडौँमा उपचार भइरहेको र अरु सङ्क्रमितको अवस्था सामान्य रहेकाले उनीहरू होमआइसोलेशनमा छन् । जिल्लामा हालसम्म ४४ जनाको एन्टिजेन परीक्षण गरिएकामा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा कोरोनाको लक्षण देखिएकालाई एन्टिजेन परीक्षण विधिबाट कोरोना जाँच्ने गरिएको छ ।



सम्बन्धित खबरहरु

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Popular
Suggested