English

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता



काठमाडौं,असार २७ : नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१० देखि नै ग्राहकहरुलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा पुर्याउने काम गरिरहेको छ। गुणस्तरीय खानाको डेलिभरी मार्फत फुडमाण्डुले ग्राहकहरुलाई सरलता  र खुशी प्रदान  गर्दै आएको छ। यसै प्रतिबद्धतालाई  निरन्तरता दिदै फुडमाण्डुले आफ्नो सेवाहरु मार्फत आफ्ना ग्राहकहरुको ‘लाइफ अझै बेटर’ बनाउने विश्वासलाई दर्शाउँछ ।

फुडमाण्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराई भन्छिन्, “विगत १४ वर्षदेखि हामी हाम्रा ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउन प्रतिबद्ध छौं। हामी केवल खाना डेलिभरी मात्र हैन, सो खानाको मार्फत हाम्रा  ग्राहकहरु सम्म सहजता र खुशी पनि पुर्याउँछौं। ‘लाइफ अझै बेटर’ बनाउनु नै सधैं हाम्रो सिद्धान्त रहेको छ। व्यस्त दिनको दिउँसो खाना होस् वा सप्ताहन्तमा प्रियजनहरूसँगको भेला, हामीले हाम्रा ग्राहकहरुको आवश्यकता संधै पुरा गर्दै आएकाछौँ ।”

आज फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका हजारौं घरदैलोमा खाना पुर्याउने काम गरिरहेको छ। फुडमाण्डुको १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी छ। यसका साथै फुडमाण्डुले वनमार्ट मार्फत ग्राहकहरूको दैनिक आवश्यकता पर्ने सामानहरुका लागि तुरुन्तै डेलिभरी सेवा पनि दिदै आएको छ |



सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested