English

३५ लाख नगद पुरस्कार र फिल्ममा अवसर सहित ‘एक्टिङ स्टार’ अब निर्णायक मोडमा



देशभरका अभिनयप्रेमी युवाहरूमाझ लोकप्रिय बन्दै गएको रियालिटी शो ‘एक्टिङ स्टार’ ले विजेता तथा उपविजेताहरुलाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ। ३५ लाख नगदसहित फिल्म क्षेत्रमा काम गर्ने अवसर यस प्रतियोगिताको मुख्य आकर्षण बनेको छ।

नेपालका हिमाली, पहाडी, तराई क्षेत्रहरूदेखि भारतका सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल, मुम्बई र दुबईसम्मबाट हजार भन्दा बढि प्रतिस्पर्धी अडिसनमा सहभागी भएका थिए। तीमध्ये उत्कृष्ट प्रदर्शनमार्फत छनौट हुँदै हाल २० जना प्रतिस्पर्धी फाइनल चरणमा पुगेका छन्।

जजहरु नीर शाह, अनुप बराल र ऋचा शर्माको निर्णयबाट टप २० चयन गरिएको हो भने अब उत्कृष्ट १५ को छनौट दर्शकको भोटिङमार्फत हुनेछ। भोटिङ खुला भएसँगै दर्शकमाझ शोको उत्साह झन् बढेको देखिएको छ।

नेपालभित्र भोट गर्न चाहने दर्शकले ओएसआर कनेक्ट एप डाउनलोड गरी एक्टिङ स्टार मा क्लिक गरेर मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्छन्। नेपालबाहिर रहेका दर्शकका लागि भने सिनेमाघर एप मार्फत भोटिङ प्रक्रिया उपलब्ध छ।

शोको विजेताले नगद २० लाख रुपैयाँ र नेपाली चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन्। त्यस्तै, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख नगद पुरस्कार जित्नेछन्।

शोको आयोजना महक मिडिया नेटवर्क ले गरेको हो। अब पहिलो ‘एक्टिङ स्टार’ को उपाधि कसले जित्छ भन्ने कुरा दर्शकको हातमा छ।



सम्बन्धित खबरहरु

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल

काठमाडौं। गायक उत्तम मगरको स्वरमा सजिएको गीत ‘आँखामा तिमी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, समर्पण र प्रिय व्यक्तिप्रतिको

काठमाडौं : जेभियर एकेडेमीले चौथो बब एण्ड जाङ/जेभियर एकेडेमी संरक्षण पुरस्कार २०२६ तथा संरक्षणसम्बन्धी प्यानल छलफल कार्यक्रम २१ नोभेम्बर २०२६

काठमाडौं, २०८३। आफ्नो सपनाको घर निर्माणको शुभ सुरुवातलाई अझ विशेष, शुभ र स्मरणीय बनाउने उद्देश्यले रिद्धि सिद्धि सिमेन्टले “शिलान्यासमा रिद्धि

Latest










Popular
Suggested