English

आरोही जितेन्द्रको सगरमाथा सफाई देशव्यापी जागरण अभियान



सगरमाथा आरोही जितेन्द्र रेग्मीले सगरमाथा सफाई देशव्यापी जागरण अभियान सम्पन्न गरेका छन् । सगरमाथालाई स्वच्छ र सफा राख्नुपर्छ भन्ने जागरण फैलाउन उनले हालै सातै प्रदेशको भ्रमण गरेका थिए । सोही अभियानको समापन समारोह शनिबार काठमाडौँ पकनाजोलस्थित गोकर्ण हाउस रेष्टुरेन्टमा गरिएको हो । रेग्मीले गतवर्ष सगरमाथाको सफल आरोहण गरेका थिए । क्यानडा बसाईका क्रममा धेरैले सगरमाथा बारे जिज्ञासा राखेपछि आफुलाई विश्वकै अग्लो हिमाल चढन प्रोत्साहन मिलेको उनले बताए । कार्यक्रममा १७ औं पटक सगरमाथा आरोहण गरेका र्कितीमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र मृगौला पिडित पहिलो सगरमाथा आरोही पेम्बा शेर्पालाई सम्मान गरिएको थियो । सोही समारोहमा दोलखाको रोल्वालिङस्थित रोल्वालिङ साङगाग छोलिङ गोम्बा बिद्यालयलाई आरोही फुर्वा शेर्पामार्फत नगद ४१ हजार समेत हस्तातरण गरिएको थियो ।



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested