English

फुटबलर राजुकाजी शाक्यको सम्मानार्थ उनको तस्बिर सगरमाथाको चुचुरोमा



आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा फहराएका छन् । फुटबल खेलमार्फत मुलुकलाई अतुलनीय योगदान दिए बापत उनको सम्मानार्थ तस्बिर विश्वकै अग्लो शिखर सगरमाथामा पुर्‍याइएको हो । आरोहीद्वयले आइतबार बिहान १० बजे सगरमाथाको सफल आरोहण गरेका हुन् । दोलखा रोल्वालिङका किर्तिमानी आरोही फुर्वाको यो १७ औं सगरमाथा आरोहण हो । स्याङजाका स्थायी बासिन्दा राज सगरमाथा आरोहण गर्ने पहिलो हङकङेली नेपाली बनेका छन् ।

तस्बिर : निमा ग्याल्जेन शेर्पा

शाक्यले खेलाडीको रुपमा मात्र नेपाली राष्ट्रिय फुटबल टोलिमा १७ वर्ष लामो जिवन बिताएका छन् । उनी नेपालका एक मात्र यस्ता ब्यक्तित्व हुन् जसले नेपालको राष्ट्रिय खेलाडी,कप्तान र प्रशिक्षक गरी तीनवटै भुमिका निर्वाह गरेका छन् । खेलाडीका रुपमा सन् १९८४ मा तत्कालिन प्रथम दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको साग र छैटौं साफ (१९९३) मा स्वर्ण पदक जितेका शाक्यले २०१६ मा १२ औं सागमा प्रशिक्षकका रुपमा स्वर्ण पदक जितेका थिए ।

शाक्यले सन् १९७५ देखि व्यावसायिक फुटबल खेल्न थालेका थिए । उनको १९८१ देखि १९९७ सम्मको अन्तर्राष्ट्रिय करियरमा उनले उनले १९८१ (१९९७ सम्म कप्तानको रूपमा खेले। उनले बंगलादेशको लिगमा पनि व्यावसायिक फुटबल खेलेका छन् ।
शाक्यले सन् १९८७ मा सोभियत संघ र १९८७ मा पूर्वी जर्मनी र १९८९ मा पश्चिम जर्मनीविरुद्ध तीनवटा उल्लेखनीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली टिमको नेतृत्व गरेका थिए ।

फुटबलमै आफ्नो जिवन व्यतित गरेका शाक्यलाई राज्य र फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने उनको योगदानको कदर गर्न सकेको छैन् ।



सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested