English

एसईई दिएका किशोरी लक्षित ‘मिस एसईई इटहरी’को अडिसन बैशाख पहिलो साता



इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा बौद्धिक प्रतिभा प्रष्फुटन प्रतियोगिता ‘मिस एसईई’ को पाँचौं संस्करण लाई ओपन स्पेस मिडिया प्रालिले आयोजना गर्दैछ । प्रतियोगिताको अडिसन वैशाखको पहिलो साता इटहरीमा आयोजना हुने आयोजकले जनाएका छन् ।

यसअघि चार संस्करणसम्म सफल आयोजना गरिसकेको ओपन स्पेस मिडिया प्रालिले यसपटकको संस्करणलाई अझ व्यापक र प्रभावकारी बनाउन तयारी अघि बढाएको छ । प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार ‘मिस एसईई’ केवल सौन्दर्य प्रदर्शन मात्र होइन, बौद्धिक क्षमता उजागर गर्ने उत्कृष्ट माध्यम समेत हो ।

प्रतियोगिताको तालिम एक महिनासम्म सञ्चालन हुनेछ । तालिम अवधिमा सहभागीहरूले व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, नेतृत्व क्षमता, अभिनय कला, र्‍याम्प वाक, मेकअप तथा फोटोग्राफीजस्ता विभिन्न सीपसम्बन्धी प्रशिक्षण प्राप्त गर्नेछन् । यी सबै प्रशिक्षण अनुभवी प्रशिक्षकहरूमार्फत प्रदान गरिने आयोजकले जनाएको छ । विजेताले प्लस टु सम्मको पूर्ण छात्रवृत्तिसहित विभिन्न उपहारहरू प्राप्त गर्नेछन् भने उपविजेताहरूले पनि आकर्षक गिफ्टहरू जित्ने अवसर पाउनेछन् ।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested