English

‘हेल्लो काशिराम’ को फस्टलुक पोस्टर सार्वजनिक, जेठ २ मा प्रदर्शन तय



गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ । पोस्टर सार्वजनिक भएसँगै फिल्मबारे उत्सुकता बढेको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

पोस्टरमा चर्चित अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ, जसले दर्शकलाई फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ । फिल्मको कथावस्तु अहिले खुलाइएको छैन, तर निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी उपलब्ध गराइनेछ ।

फिल्ममा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल देखिने छन् । त्यस्तै, हालका चर्चित हास्य कलाकार उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु समेत विशेष अभिनय रहेको फस्टलुक पोस्टरमार्फत जानकारी दिइएको छ ।
दर्शकहरूले चर्चित अभिनेत्री प्रियंका कार्कीलाई विशेष गेस्ट कलाकारको रूपमा देख्न पाउने निर्देशक रिम विश्वकर्माले जानकारी दिए । प्रियंका नेपाली फिल्म उद्योगको सफल अभिनेत्री भएकाले उनको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

रेडलाइन फिल्मस् प्रा।ली को ब्यानरमा निर्माण भएको यो फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् । यसका निर्माता पी।बी। थापा रहेका छन् भने यम आलेले फिल्म खिचेका हुन् । डेढ करोडको लागतमा निर्माण भएको यो फिल्मलाई मित्र डी। गुरुङले सम्पादन तथा रंग संयोजन गरेका छन् ।

फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । द्वन्द्व निर्देशन शंकर महर्जन ले गरेका छन् भने संगीत संयोजन नरेन्द्र यिबोगी र विपिन आचार्यले गरेका छन् । चलचित्रका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ ।  नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक–गायिकाहरूको सहभागिताले फिल्मको संगीत पक्षलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ ।
फिल्मको प्रचार तथा अन्तर्राष्ट्रिय मिडिया म्यानेजमेन्टको जिम्मा ‘सेलिब्रेटी टाइम्स प्रा।ली’ ले लिएको छ । नेपाल भित्र मात्र नभई, विदेशमा रहेका नेपाली दर्शकमाझ पनि फिल्मको पहुँच पु¥याउन डिजिटल र पारम्परिक माध्यमहरू प्रयोग गरिने सेलिब्रेटी टाइम्सले जनाएको छ ।

निर्देशक रिम विश्वकर्माले चलचित्रको प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन कलाकार टोलीले आगामी सातादेखि देशव्यापी प्रचार अभियान सुरू गर्ने जानकारी दिए । निर्देशक विश्वकर्माले यसअघि ‘नेपाली वीर’, ‘सम्झिराख है’, ‘रेलिमाई’ जस्ता चर्चित फिल्महरू निर्देशन गरिसकेका छन् । उनका फिल्महरूले नेपाली मौलिक कथावस्तु, समाजका वास्तविकता र मनोरञ्जनको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने गरेका छन् ।

अब ‘हेल्लो काशिराम’ ले दर्शकमाझ कत्तिको प्रभाव पार्नेछ, त्यो टिजर सार्वजनिक भएपछि अझ स्पष्ट हुनेछ । दर्शकको मन जित्न सफल हुनेछ या असफल रु यो प्रश्नको उत्तर भने प्रदर्शनपछि मात्र थाहा हुनेछ ।



सम्बन्धित खबरहरु

बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested