English

हङकङमा गुरुङ फिल्म ‘ढ्याङग्रो’ प्रर्दशन हुने



गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ । फिल्ममा ढ्याङग्रोको महत्व, यसबाट उत्पन्न सामाजिक द्वन्द, मामा चेला फुप चेली बीचको सामाजिक अधिकार लगायतका विषयलाई कलात्मक ढंगले प्रस्तुत गरिएको जनाइएको छ । गुरुङ समुदायमा प्रचलित एक्पाटे र दुइ पाटे ढ्याङग्रो बारेको चेतना र यसको धार्मिक महत्व चलचित्रको मुल विषयवस्तु हो । फिल्मले कोरोना महामहारीका बेला गाउँको वास्तविक अवस्था समेत चित्रण गरेको छ ।

ढ्याङग्रो कृष्ण कुमार गुरुङले निर्देशन गरेका हुन् । उनले यसअघि सुनीमाया, तम ह्युल, घलेक, मुर्बाई, मुसारा, बलेनी लगायतका सफल चलचित्र निर्देशक गरीसकेका छन् । कृष्ण कुमार गुरुङको संगीत रहेको ढ्याङग्रोमा बिश्वात्मा गुरुङ, नव नायक ओम गुरुङ, नव नायिक सपना गुरुङ, तारा गुरुङ, राजेन्द्र थापा, लक्ष्मी गुरुङ, सुनिता गुरुङ, सुसान्त गुरुङ, फरिस्ता गुरुङ, रंगकर्मी केदार बोहोरा, गल गुरुङ, आशिस गुरुङ लगायतको अभिनय छ । निकोलस गुरुङको छायांकन रहेको फिल्म नेत्र गुरुङले सम्पादन गरेका हुन् । ढ्याङग्रो कास्कीको रमणीय गाउँ भलाम डाडामा छायांकन गरिएको हो । फ्रेबवरी २३ मा हङकङमा प्रिमियर गरिने ढ्याङग्रो फ्रेबवरी १७ मा पोखरामा प्रर्दशन हुनेछ । त्यसलगत्तै युके, अष्ट्रेलिया, जापान, बेल्जियम, प्र्रmान्स लगायतका देशमा समेत प्रर्दशन गरिने बिहीबार हङकङमा आयोजित पत्रकार सम्मेलनमा बताइयो । हङकङमा प्रिमियरमा ढ्याङग्रोका कलाकार र निर्देशकको पनि उपस्थिती रहनेछ ।

भकारी ईभेन्टस प्रा.लि पोखराको ब्यानरमा रामबहादुर गुरुङ, ओम गुरुङ (हङकङ), चन्द्रबहादुर गुरुङ, हरिमाया गुरुङ, पूर्ण गुरुङ (हङकङ), भोजराज लिम्बु (हङकङ), कृष्णकुमार गुरुङले सयुक्त रुपमा निर्माण गरेको फिल्ममा सह–निर्देशक सोम गुरुङ रहेका छन् ।



सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested