English

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, राजपत्रमा सूचना प्रकाशित



सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ निर्धारण गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७८ साउन १ गतेबाट लागू हुने भन्दै सोमबार राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी चिया बगान बाहेकका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको जनाएको छ ।

निर्धारित पारिश्रमिकमा श्रमिकले मासिक आधारभूत पारिश्रमिकतर्फ ९ हजार ३ सय ८५ रुपैयाँ र महंगी भत्ता अन्तर्गत ५ हजार ६ सय १५ रुपैयाँ गरी १५ हजार पु¥याइएको राजपत्रमा उल्लेख छ ।

यसैैगरी, दैनिकमा आधारभूत पारिश्रमिक ३ सय ६१ र महंगी भत्ता २ सय १६ गरी ५ सय ७७ रुपैयाँ कायम गरिएको छ । प्रतिघन्टा आधारभूत पारिश्रमिक ४८ रुपैयाँ र महंगी भत्ता २९ रुपैयाँ गरी ७७ रुपैयाँ निर्धारण गरिएको राजपत्रमा उल्लेख छ । यसका अतिरिक्त श्रमिकलाई सञ्चय कोष, सामाजिक सुरक्षा कोष, उपदान लगायतका सुविधा दिनुपर्ने बताइएको छ ।

हाल श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० छ ।

राजपत्रमा प्रकाशित सूचना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested