English

मनाइयो पाचौं अन्तर्राष्ट्रीय मर्यादित महिनावारी दिवस



पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी सञ्जाल, मर्यादित महिनावारी अभियान नेपाल र प्लान इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा विभिन्न र्काक्रम गरि मर्यादित महिनावारी दिवस मनाइएको हो ।

पाचौं अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवसको नारा, यौन हिंसा र बाल बिबाह अन्तको लागि मर्यादित महिनावारी रहेको थियो। मर्यादित महिनावारी अभियानको संस्थापक तथा अभियन्ता डा. राधा पौडेलले रंगीचंगी बेलुनलाई महिनावारी स्वतन्त्रताको प्रतिक स्वरुप आकाशमा उडाएर सुरु भएको अन्तर्राष्ट्रिय उत्सवमा विभिन्न कार्यक्रम भएका थिए । उक्त कार्यक्रममा समीक्षा दाहालले महिनावारीको अवस्था र मर्यादित कसरी बनाउने भन्ने विषयमा कविता बाचन गरेकी थिइन् । सो अवसरमा नेपालका अभियन्ता मात्रै नभएर विश्वका विभिन्न देशका मर्यादित महिनावारी अभियन्ताले भर्चुअल छलफलमा समेत भाग लिए ।

किशोरावस्थाका बालिका, अपाङ्गता भएका महिला, लैँगिक अल्पसंख्यक समुहका युवा तथा सञ्चार क्षेत्रका युवाका बीचमा मर्यादित महिनावारीको वर्तमान अभ्यास र नीतिगत सुधारका विषयमा पनि छलफल भएको आयोजक तथा मर्यादित महिनावारी अभियन्ता समीर परियारले जानकारी दिए । त्यसैगरी सो अवसरमा बेलायत, अमेरिका, घाना, श्रीलंका, फिलिपिन्स लगायतका देशबाट भर्चुअल माध्यमबाट मर्यादित महिनावारीको अन्तराष्ट्रिय अभ्यास र सुधार गर्नुपर्ने पक्षहरुको विषयमा समेत छलफल भएका थियो । कार्यक्रममा मानव अधिकार आयोगका सदस्य लिली थापाले मर्यादित महिनावारी मानव अधिकारको समेत विषय भएकोले सबैले यो विषयमा आवाज उठाउनुपर्ने बताइन् । उनले राज्यले समेत नीतिगत व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताएकी थिइन् ।

त्यसैगरि सो अवसरमा मर्यादित महिनावारी अभियन्ता राधा पौडेलले मूल वक्ताको रुपमा सर्वपक्षीय चासो हुनुपर्ने मर्यादित महिनावारीका विषयमा राज्यका कुनै पनि तहबाट नीतिगत रुपमा बोल्न नसकेको बताएकी थिइन् । यसविषयमा सबै पक्ष मौन भएको व्यक्तिको सृष्टिकर्ता महिनावारी रगतको शुद्धताको विषयमा चर्चा हुनुपर्ने बताइन् । कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य विद्याकुमारी सिन्हा, सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्याल, प्लान इन्टरनेशनलका कन्ट्री डाइरेक्टर राम किसन लगायतले बोलेका थिए । सोही समारोहमा मर्यादित महिनावारीका विभिन्न फरक फरक विषयमा देशभरका पत्रकारहरुले लेखेका समाचारको संकलन पुस्तक सृष्टिको रगतको गाथा र मर्यादित महिनावारी तालिम हाते पुस्तिकाको समेत विमोचन गरिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested