English

तीजको दिन कसरी गर्ने पूजा ?



हरितालिका तीज महिलाहरूसँग सम्बन्धित छ । तीजको आफ्नै महत्त्व छ । धार्मिक कथनहरूलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने पिता, माताको वचन पार्वतीलाई चित्त बुझेन । सानै उमेरदेखि शिवलाई पती पाउँ भन्ने दृढता पार्वतीमा थियो । सोही कारण माता पार्वतीले शिवलाई मनले पति धारण गरिसकेकी थिइन् ।

उनी जंगलमा गएर कठोर तपस्या गर्न थालिन् । एक सय वर्ष दिव्य तपस्या गर्दा पनि फल प्राप्त नभएपछि पार्वतीले शिव लिङ्ग स्थापना गरी तपस्यालाई थप उचाइमा पुर्याउन थालिन् । कठोर र एकाग्र चित्तले तप गरेको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिए ।

त्यसो त पार्वतीले शिवलाई पति प्राप्त गर्न सफल भइन् भन्ने धार्मिक मान्यता छन् । विशेष सङ्कल्प दृढता, एकाग्रता र निरन्तरताले नै सफलता प्राप्त गर्न सकिन्छ भन्ने दृष्टान्त बोकेको यस हरितालिका तीज पर्वको महत्त्व आफैमा विशिष्ट छ । पार्वतीले यो व्रत प्रारम्भ गरेको मुख्य दिन यही भाद्र शुक्ल द्वितीयाबाट हो । चार दिनसम्म चल्ने यस पर्वको आफ्नै विशेषता र महत्त्व छ ।

कसरी गर्ने पूजा ?

व्रतका दिनमा बिहान चाँडै उठेर नुहाइधुवाई गरी शुद्ध भई शिव लिङ्गको स्थापना गर्नुपर्छ । मठमन्दिरमा गएर पनि पूजा आराधना गर्न सकिन्छ । सर्वप्रथम कुश राखेर पुर्णपात्रो तयार गर्नुपर्छ त्यसपछि दियो, कलश र गणेशको पूजा गरिन्छ । भगवान शिवलाई जल, पञ्चामृत चढाएर चन्दन लगाइन्छ र वस्त्र लगाएर पूजा गरिन्छ । पूजा सामग्रीमा चन्दन, अक्षता, फूल, वस्त्र, अलङ्कार, बेलपत्र, भाङ धतुरो, पञ्चामृत, धूप बत्ती, नैवेद्य र दक्षिणा समावेश गर्नु पर्छ ।

आफ्ना नित्य कर्म सकेर दिनभरि जल अन्न ग्रहण नगरी व्रत बसेर बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी कुनै शिवालय मठ मन्दिरमा वा आफ्नै घरमा भए पनि उमा महेश्वरको आराधना गर्ने विधि छ । व्रतको समयमा महिलाहरूले तीजको व्रत कथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीलाई आफ्नो शक्तिअनुसारको दान दक्षिणा गर्ने चलन छ ।

यो पनि…
पशुपतिमा शिवरात्रिको रौनक (फोटो/भिडियो पनि)
शिवालयहरुमा भक्तजनको भिड (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र