English

तीजको दिन कसरी गर्ने पूजा ?



हरितालिका तीज महिलाहरूसँग सम्बन्धित छ । तीजको आफ्नै महत्त्व छ । धार्मिक कथनहरूलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने पिता, माताको वचन पार्वतीलाई चित्त बुझेन । सानै उमेरदेखि शिवलाई पती पाउँ भन्ने दृढता पार्वतीमा थियो । सोही कारण माता पार्वतीले शिवलाई मनले पति धारण गरिसकेकी थिइन् ।

उनी जंगलमा गएर कठोर तपस्या गर्न थालिन् । एक सय वर्ष दिव्य तपस्या गर्दा पनि फल प्राप्त नभएपछि पार्वतीले शिव लिङ्ग स्थापना गरी तपस्यालाई थप उचाइमा पुर्याउन थालिन् । कठोर र एकाग्र चित्तले तप गरेको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिए ।

त्यसो त पार्वतीले शिवलाई पति प्राप्त गर्न सफल भइन् भन्ने धार्मिक मान्यता छन् । विशेष सङ्कल्प दृढता, एकाग्रता र निरन्तरताले नै सफलता प्राप्त गर्न सकिन्छ भन्ने दृष्टान्त बोकेको यस हरितालिका तीज पर्वको महत्त्व आफैमा विशिष्ट छ । पार्वतीले यो व्रत प्रारम्भ गरेको मुख्य दिन यही भाद्र शुक्ल द्वितीयाबाट हो । चार दिनसम्म चल्ने यस पर्वको आफ्नै विशेषता र महत्त्व छ ।

कसरी गर्ने पूजा ?

व्रतका दिनमा बिहान चाँडै उठेर नुहाइधुवाई गरी शुद्ध भई शिव लिङ्गको स्थापना गर्नुपर्छ । मठमन्दिरमा गएर पनि पूजा आराधना गर्न सकिन्छ । सर्वप्रथम कुश राखेर पुर्णपात्रो तयार गर्नुपर्छ त्यसपछि दियो, कलश र गणेशको पूजा गरिन्छ । भगवान शिवलाई जल, पञ्चामृत चढाएर चन्दन लगाइन्छ र वस्त्र लगाएर पूजा गरिन्छ । पूजा सामग्रीमा चन्दन, अक्षता, फूल, वस्त्र, अलङ्कार, बेलपत्र, भाङ धतुरो, पञ्चामृत, धूप बत्ती, नैवेद्य र दक्षिणा समावेश गर्नु पर्छ ।

आफ्ना नित्य कर्म सकेर दिनभरि जल अन्न ग्रहण नगरी व्रत बसेर बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी कुनै शिवालय मठ मन्दिरमा वा आफ्नै घरमा भए पनि उमा महेश्वरको आराधना गर्ने विधि छ । व्रतको समयमा महिलाहरूले तीजको व्रत कथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीलाई आफ्नो शक्तिअनुसारको दान दक्षिणा गर्ने चलन छ ।

यो पनि…
पशुपतिमा शिवरात्रिको रौनक (फोटो/भिडियो पनि)
शिवालयहरुमा भक्तजनको भिड (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested