English

पोखरा म्याराथनलाई वि विल राइज फाउन्डेसनको सहयोग



२०७२ मा महाभूकम्प गयो । सारा बस्ती ढले, कयौँ मानिस घरबार विहीन भए । त्यहीबेला भूकम्पले ढलाएका बस्ती र मन उठाउने अठोटका साथ वि विल राइज फाउन्डेसनको जन्म भयो । यही फाउन्डेसनको पहलमा भूकम्पले ढलेका बस्ती उठे, विद्यालय ठडिए । यति मात्र होइन नेपालका कुना काप्चामा रहेका पर्यटकीय स्थलको उजागर गर्न ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज पनि यही फाउन्डेसनले सुरु गर्यो । त्यसबाहेक पनि फाउन्डेसनले कोरोना काल तथा बाढी पहिरो लगायतका समस्यामा विभिन्न सहयोग गर्दै आएको छ ।

पोखरा आफैमा सुन्दर सहर हो । प्राकृतिक सम्पदाले सु–सम्पन्न पोखरालाई पोखरा म्याराथनले अझै उचाइमा पुर्याएको छ । म संस्थाको तर्फबाट र व्यक्तिगत रूपमा नगद पाँच लाख रुपैयाँ सहयोगको घोषणा गर्न चाहन्छु ।

यसैबीच, पोखरा म्याराथनलाई फाउन्डेसनले नगद पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । पोखरा म्याराथनले विश्वमा नै खेलकुद मार्फत प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको फाउन्डेसनका अध्यक्ष तुलसी कुमार गुरुङले बताए । ‘पोखरा आफैमा सुन्दर सहर हो । प्राकृतिक सम्पदाले सु–सम्पन्न पोखरालाई पोखरा म्याराथनले अझै उचाइमा पुर्याएको छ । म संस्थाको तर्फबाट र व्यक्तिगत रूपमा नगद पाँच लाख रुपैयाँ सहयोगको घोषणा गर्न चाहन्छु ।’ वि विल राइज फाउन्डेसन र पोखरा म्याराथनले पोखरा प्रवर्द्धनका लागि संयुक्त रूपमा पहल गर्न आफूले सहयोगको घोषणा गरेको बताउँदै यो सहयोगलाई निरन्तरता दिने समेत अध्यक्ष गुरुङले बताए ।

हङकङ राष्ट्रिय तेक्वान्दो टिमका प्रशिक्षक समेत भइसकेका गुरुङले नेपाल भूतपूर्व खेलाडी मञ्चको अभियानसँगै हङकङमा मञ्चको आजीवन सदस्य बनाउने अभियानमा समेत आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । हङकङमा आयोजना हुने हङकङ म्याराथनमा पोखरा म्याराथनको विजेता नेपाली खेलाडीको सहभागिताका लागि आफूले पहल गर्ने उनले बताए । मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले उनले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

१८ औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन ५ गते हुने छ । म्याराथनमा सहभागिता जनाउन केही अन्तर्राष्ट्रिय धावकहरूले नाम दर्ता समेत गरिसकेको मञ्चका सचिव केशव पाठकले जनाएका छन् ।

यो पनि…
सामाजिक कार्यअन्तर्गत वी विल राइजको सहयोग
राइज मिडियाको दोस्रो पाइला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested