पोखरा म्याराथनलाई वि विल राइज फाउन्डेसनको सहयोग



२०७२ मा महाभूकम्प गयो । सारा बस्ती ढले, कयौँ मानिस घरबार विहीन भए । त्यहीबेला भूकम्पले ढलाएका बस्ती र मन उठाउने अठोटका साथ वि विल राइज फाउन्डेसनको जन्म भयो । यही फाउन्डेसनको पहलमा भूकम्पले ढलेका बस्ती उठे, विद्यालय ठडिए । यति मात्र होइन नेपालका कुना काप्चामा रहेका पर्यटकीय स्थलको उजागर गर्न ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज पनि यही फाउन्डेसनले सुरु गर्यो । त्यसबाहेक पनि फाउन्डेसनले कोरोना काल तथा बाढी पहिरो लगायतका समस्यामा विभिन्न सहयोग गर्दै आएको छ ।

पोखरा आफैमा सुन्दर सहर हो । प्राकृतिक सम्पदाले सु–सम्पन्न पोखरालाई पोखरा म्याराथनले अझै उचाइमा पुर्याएको छ । म संस्थाको तर्फबाट र व्यक्तिगत रूपमा नगद पाँच लाख रुपैयाँ सहयोगको घोषणा गर्न चाहन्छु ।

यसैबीच, पोखरा म्याराथनलाई फाउन्डेसनले नगद पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । पोखरा म्याराथनले विश्वमा नै खेलकुद मार्फत प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको फाउन्डेसनका अध्यक्ष तुलसी कुमार गुरुङले बताए । ‘पोखरा आफैमा सुन्दर सहर हो । प्राकृतिक सम्पदाले सु–सम्पन्न पोखरालाई पोखरा म्याराथनले अझै उचाइमा पुर्याएको छ । म संस्थाको तर्फबाट र व्यक्तिगत रूपमा नगद पाँच लाख रुपैयाँ सहयोगको घोषणा गर्न चाहन्छु ।’ वि विल राइज फाउन्डेसन र पोखरा म्याराथनले पोखरा प्रवर्द्धनका लागि संयुक्त रूपमा पहल गर्न आफूले सहयोगको घोषणा गरेको बताउँदै यो सहयोगलाई निरन्तरता दिने समेत अध्यक्ष गुरुङले बताए ।

हङकङ राष्ट्रिय तेक्वान्दो टिमका प्रशिक्षक समेत भइसकेका गुरुङले नेपाल भूतपूर्व खेलाडी मञ्चको अभियानसँगै हङकङमा मञ्चको आजीवन सदस्य बनाउने अभियानमा समेत आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । हङकङमा आयोजना हुने हङकङ म्याराथनमा पोखरा म्याराथनको विजेता नेपाली खेलाडीको सहभागिताका लागि आफूले पहल गर्ने उनले बताए । मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले उनले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

१८ औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन ५ गते हुने छ । म्याराथनमा सहभागिता जनाउन केही अन्तर्राष्ट्रिय धावकहरूले नाम दर्ता समेत गरिसकेको मञ्चका सचिव केशव पाठकले जनाएका छन् ।

यो पनि…
सामाजिक कार्यअन्तर्गत वी विल राइजको सहयोग
राइज मिडियाको दोस्रो पाइला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

भदौ २६ गतेका लागि तय भएको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार भएको छ । ११०औँ बीपी जयन्तीका अवसरमा यही