English

यसकारण खाइन्छ साउन १५ मा खीर



साउनमा दूध नखानु, भदौमा दही र माघ महिनामा मोही नखानु भन्ने एउटा मान्यता थियो । दूध खान नभए पनि दूधबाट बनेका परिकारहरू खान हुन्छ भन्ने चलन पनि थियो । त्यसैले, दूध, घिउ प्रशस्त पाइने साउन महिनामा जाडो र वर्षे कामको थकानबाट बच्न खीर खाने चलन पहिलेदेखि कै हो ।

प्राचीन कालमा धानलाई नै दूधमा मज्जाले पकाइन्थ्यो । धान राम्ररी पाकेपछि त्यसबाट रस र धानको छोक्रालाई छुट्टाएर त्यही रसलाई खाने गरिन्थ्यो । पछि त्यो चलन हटेर चामलको खीर खाने प्रचलन सुरु भयो ।

असार १५ मा दही चिउरा, माघे सङ्क्रान्तिमा खिचडी तरुल जस्तै हरेक साउन १५ गते खीर खाने नेपाली संस्कारको चलन चल्ती छ । कृषि प्रधान देश नेपालमा खीर चलनचल्तीमा रहेको एउटा मिष्टान्न परिकार हो । धेरै जसो चाड पर्व र उत्सवमा खीर पकाएर भोज गर्ने चलन पनि छ ।

साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान् शिवको पूजा गर्ने गर्दछन् । वर्षाको समयमा विभिन्न सङ्क्रमण रोग हुन्छ र खीरले त्यसबाट बचाउन सहयोग गर्छ । खीरले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्दछ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोसिला परिकार खाने चलन छ ।

खीरलाई स्वादिष्ट बनाउन मरीच, ल्वाङ, सुकमेलगायत मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाइको खीर शक्ति बद्र्धक हुनुका साथै रोग निवारक पनि हुन्छ । हाम्रो मानव शरीरलाई चाहिने पोषक तत्त्व पूर्ति गर्न र समय अनुसार आहारको स्वाद लिन नेपाली समाजमा थरी थरीका परिकार खाने चलन पहिले देखिनै छ । त्यही चलन अन्तर्गत साउन १५ मा खीर खाइन्छ ।

यो पनि…
साउनमा हरियो, पहेँलो चुरा र मेहन्दी किन लगाइन्छ ?
‘साउने सोमबारको व्रतमा भोकै बस्न पर्दैन’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested