English

स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा सन्तोष कुमार देवकोटा



डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोष कुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा नियुक्त भएका छन् ।

देवकोटालाई अध्यक्ष दिनेशकुमार शाहीसहित टेलिभिजन परिवारले एक कार्यक्रमकाबीच स्वागत गरेको छ । देवकोटासँग छापा तथा रेडियोका साथै डिजिटल प्लाटफर्ममा एक दशकभन्दा बढी काम गरेको अनुभव छ ।

देवकोटाले यसअघि नेपाली पात्रोमा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका थिए । उनी हाम्रो पात्रोका पूर्व संस्थापक एमडी समेत रहेका थिए । यसैगरी उनी नेपालको सर्वाधिक लोकप्रिय स्ट्याण्डअप कमेडी समूह ‘नेपग्याजमका संस्थापक निर्देशक समेत हुन् ।

२०५६ सालमा वीरगञ्जबाट प्रकाशित हुने सार्थक साप्ताहिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका सन्तोष देवकोटा लामो समय रेडियो प्रसारणमा समेत आबद्ध थिए । एक दशकयता भने उनी डिजिटल मिडिया विज्ञका रुपमा सक्रिय छन् ।

मनोरञ्जनात्मक कार्यक्रम र समाचार तथा समाचार मूलक कार्यक्रम प्रसारण गरिरहेको टेलिभिजनमा सन्तोष कुमार देवकोटाले व्यवस्थापनका साथ विशेष गरी डिजिटल प्लाटफर्मको प्रबर्द्धनमा काम गर्ने बताइएको छ ।

यो पनि…
‘नेपाली पात्रो’को सिईओमा सन्तोष देवकोटा नियुक्त
‘नेपाली पात्रो’ पञ्चाङ्ग अब अझै शुद्ध र स्पष्ट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested