English

प्रसंग: अन्तर्राष्ट्रिय मजदुर दिवस

कस्तो छ नेपालमा मजदुरहरूको अवस्था ?



आज मे १, अन्तराष्ट्रिय मजदुर दिवस । सन् १८८६ मे ४ मा अमेरिकास्थित सिकागोमा ‘हे मार्केट काण्ड’ को सम्झनामा आजको दिन अन्तराष्ट्रिय मजदुर दिवस मनाइन्छ । अघिल्ला वर्षहरुमा नेपालमा पनि यो दिवस धुमधामले मनाइन्थ्यो । यद्यपि मजदुरका पीडा र समस्याका सवालमा भने अहिलेसम्म ठोस पहल भएको पाइदैन । नेपालमा मजदुरका हक हित र अधिकार पक्षमा काम गर्ने भन्दै थुप्रै संघ संगठनहरु खुलेका छन् । यिनीहरुले श्रमिकका पक्षमा के–कस्तो काम गरिरहेका छन् ? नेपालमा श्रमिकहरुको अवस्था कस्तो छ ? भन्ने विषयमा केन्द्रीत रही नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का उपाध्यक्ष जितेन्द्र श्रेष्ठसँग गरिएको कुराकानी :

नेपालमा मजदुरहरूको अवस्था कस्तो छ ?

नेपालमा काम गर्ने सक्रिय जनसंख्या २ करोड ७ लाख छ । जसमध्ये ९ लाखको हाराहारीमा वेरोजगार छन् । खेतिपातीमा संलग्न किसान तथा वैदेशिक रोजगारीमा जाने जनशक्तिबाहेक झण्डै २० लाख श्रमिक मासिक ज्यालादारीमा काम गर्छन् । यो सहित ७१ लाख श्रमशक्ति नेपालमा कार्यरत छ । जसमध्ये, केही श्रमिकहरु औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्छन् । यसमध्ये अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको अवस्था दयनीय छ । श्रम कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा आम श्रमिकहरुको समस्या जिउँको तिउँ छ ।

कोभिड–१९ को कारण श्रमिकको रोजगारी अन्त्य हुने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण हुन जरुरी छ । गत वर्ष लकडाउन हुनुअघि नै जिफन्टले नेपाल सरकार समक्ष ज्ञापन पत्र बुझाएको थियो ।

जिफन्टले मजदुरहरुको हकहितको लागि के–कस्ता काम गरेको छ ?

नेपाल ट्रेड युनियन महासंघको सातौं राष्ट्रिय महाधिवेशनले ‘सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवि वर्ग’ भन्ने मुल नारा तय गरेको थियो । यसलाई अधार मानेर विगतको लामो संघर्ष र उपलब्धिको समिक्षा गर्दै नयाँ सन्दर्भमा नयाँ ऐन कानूनको प्रभावकारी कार्यान्वयन, श्रमिकको न्युनतम पारिश्रमिक बढाउनुपर्ने, सबैका लागि सामाजिक सुरक्षाको कार्यान्वयन, मर्यादित काम लगायत जिफन्टको मुल मुद्दा हुन् । त्यसका लागि हरेक क्षेत्रमा रूपान्तरण हुन जरूरी छ । श्रमशक्तिको विकासको लागि संलग्नता, संगठन, सचेनता र परिचालन मुख्य काम हो । यसलाई जिफन्टले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

No description available.
कोरानाका कारण थुप्रै श्रमिकहरुको रोजीरोटी खोसिएको छ, यस्तो अवस्थामा श्रमिकले के गरिरहेका छन् ?

कोभिड–१९ को कारण श्रमिकको रोजगारी अन्त्य हुने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण हुन जरुरी छ । गत वर्ष लकडाउन हुनुअघि नै जिफन्टले नेपाल सरकार समक्ष ज्ञापन पत्र बुझाएको थियो । श्रमिकहरूलाई कोरोनाबाट बच्ने सन्दर्भमा सचेतना कार्यक्रम गर्न स्वास्थ्य सुरक्षा सामग्री वितरण लगायतका काम गरेको छ । साथै, हामी श्रमका प्रत्येक क्षेत्रको समष्टिगत सुधारको पक्षमा छौं । त्यसैले प्रत्येक श्रमिकलाई कानूनमा उल्लेख भएको सुविधाको पत्याभूत गर्न सरकार समक्ष माग गर्दछौं । प्रवासमा कार्यरत लाखौं नेपाली श्रमिकहरूले हालको महामारीको समयमा विभिन्न समस्या व्यहोर्नु परिरहेको छ । ती श्रमिकहरूको समस्या कुटनीतिक तवरबाट समाधान गर्नुपर्ने देखिन्छ ।

सैगरी श्रमिकको २–२ वर्षमा पारिश्रमिक बढाउनुपर्ने, श्रमिकको सामाजिक सुरक्षा कोषमा रोजगारदाताले पैसा राख्नुपर्ने लगायतका विषयमा हामी काम गर्छौं ।

श्रमिकहरुको समस्याको पहिचान कसरी गर्नुहुन्छ ?

श्रमिकलाई के कस्तो समस्या परेको छ भनेर पहिला त्यसको पहिचान गर्छौं । यो पहिचान गर्नका लागि हामीले कोष नै खडा गरेका छौं । यसबाटै समस्या पहिचान गर्नका लागि जिफन्टका कर्मचारीलाई खटाउँछौं । उहाँहरुले पहिचान गरेको समस्यका आधारमा छलफल गरेर समाधानतर्फ काम गर्छौं ।

आजै परेको मजदुर दिवसका अवसरमा श्रमिकका लागि जिफन्टले गर्ने काम के हो ?

कोभिडले गर्दा गत वर्ष श्रमिकको पारिश्रमिकमा वृद्धि भएको छैन । त्यसैले उनीहरुको न्युनतम पारिश्रमिक १५ हजार पु¥याउन सरकार समक्ष माग गरेका छौं । यसलाई कार्यान्वयन गर्न हाम्रो भूमिका रहनेछ । यसैगरी श्रमिकको २–२ वर्षमा पारिश्रमिक बढाउनुपर्ने, श्रमिकको सामाजिक सुरक्षा कोषमा रोजगारदाताले पैसा राख्नुपर्ने लगायतका विषयमा हामी काम गर्छौं । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका बीच यहि आर्थिक वर्षबाट श्रमीकको न्युनतम.पारिश्रमीक १५ हजार बनाइने बताएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,