English

‘नेपाली पात्रो’सँग डिजिटल सहकार्यका लागि यसरी जोडिनुहोस्



नेपालको पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’ले रेडियो तथा अनलाइन सम्बन्धी सहकार्य गरेको छ । ‘नेपाली पात्रो’ ले नेपाली रेडियोहरू तथा अन्य डिजिटल मिडियाहरूसँग सहकार्य गर्दै संसारभर छरिएर रहेका नेपालीहरूले आ–आफ्नो प्रदेशका गतिविधिहरू सुन्न र अनलाइन समाचारहरूसँग अपडेट बस्न मिल्ने व्यवस्था गरेको हो ।

उक्त सहकार्यका लागि नेपाली पात्रोको मिडिया म्यनाजर आशिस कार्की लाई सम्पर्क गर्न सकिने बताइएको छ । विगत १० वर्ष भन्दा लामो समयदेखि नेपाली रेडियो तथा डिजिटल मिडियासँग नजिक रहेका कार्की नेपाली रेडियोलाई डिजिटल प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण भूमिका रहेको छ।

नेपाली पात्रो एप नेपालको पहिलो कम्युनिटी एप हो । यो एपमा नेपाली तिथीमिती तथा पञ्चाङ्गको जानकारी, नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण, दैनिक, साप्ताहिक मासिक तथा वार्षिक राशिफल, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार, नेपाली एफ एम तथा अनलाइन रेडियोहरू, विदेशी विनिमय दर, सुन चाँदीको दर रेट, मौसम तथा सरकारी बिदाहरू, ज्योतिष परामर्श सेवा लगायत अन्य धेरै सुविधाहरू छन् ।

नेपाली तथा अङ्ग्रेजी भाषासहितको नेपालका महत्त्वपूर्ण तथा विश्वासिलो अनलाइन समाचार स्रोत आबद्ध नेपाली पात्रो नेपाली सञ्चार सामग्रीहरूलाई प्रभावकारी ढङ्गले धेरैभन्दा धेरै पहुँचमा जोडिरहने पावर टुल्सको रूपमा परिचित रहेको छ ।

यो पनि…
‘नेपाली पात्रो’को सिईओमा सन्तोष देवकोटा नियुक्त
नेपाली पात्रोको नयाँ रेडियो अपडेट हेर्नु भयो ?



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested