‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ (फोटो फिचर)



बुढानीलकण्ठ नगरपालिकाले दुई दिने ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ अर्थात् बुढानीलकण्ठ करियर फेयर भव्यताका साथ गरेको छ । नगरपालिका प्रशासनिक भवन परिसरमा यही जेठ ६ र ७ गते २ दिनसम्म चलेको मेलामा विभिन्न क्षेत्रका ४७ वटा स्टल राखिएको थियो ।

बुढानीलकण्ठ नगरपालिकाको आयोजना तथा स्विजरल्यण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोग एवं समन्वयमा भएको २ दिने मेलाको पहिलो दिनमा मात्र भ्रमण अवलोकनमा आएका ५,४३५ जनाले उपस्थिति दर्ता गराएका थिए ।

आयोजकका अनुसार १० हजार भन्दा बढिलाई यस मेलामा सहभागी गराउने लक्ष्य रहेको थियो, तर १५ हजार बढीले मेलाको अवलोकन गरेका छन् । बेरोजगार युवा, गृहिणी महिला तथा एस.ई.ई. र १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई आवश्यक तालिम र परामर्श प्रदान गर्दै रोजगारीमा स्थानान्तरण गर्ने उद्देश्यका साथ मेला आयोजना भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिए ।

सांस्कृतिक झाँकीका र लाखे नाच नृत्य देखाउँदै लाखे द्वारा रिबन काटी कार्यक्रमको उद्घाटन गरिएको थियो । नगर प्रवक्ता नवराज भट्टराईले सञ्चालन गरेको उद्घाटन कार्यक्रमको अध्यक्षता नगरपालिका सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनीले गरेका थिए भने प्रमुख अतिथिको रूपमा मिठाराम अधिकारी उपस्थित थिए । यस्तै विशिष्ट अतिथिमा नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, दिगो सम्मानित रोजगारीका लागी सिप परियोजनाका टिम लिडर रवीन्द्र बहादुर सिंह, नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ अध्यक्ष रामहिरा पाठक, नेपाल तालिम तथा रोजगार व्यवसाय महासंघ प्रतिनिधि, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष सुलोचना श्रेष्ठ, बागमती प्रदेश हस्तकला संघका अध्यक्ष नवीन शाक्य, वरिष्ठ पत्रकार एवं लेखक श्रीश भण्डारी, सम्पूर्ण वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत नगरपालिका महाशाखा–शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

देश छोडेका युवा विदेशमै पलायन हुने भएकाले देशमा विभिन्न समस्या भएको छ । पढ्न भनेर गएका युवाहरू नेपालमै फिर्किएर नयाँ काम गरेका छैनन् । त्यसैले युवालाई देशमै केही गर्न सकिन्छ र केही गर्नुपर्छ भनेर उत्प्रेरणा दिन पनि नगरले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख मिठाराम अधिकारीले बिदेसिएका युवालाई देशमै केही गरौँ भन्ने जनचेतना दिन कार्यक्रम आयोजना गरिएको बताए । उनले युवाहरू पढ्ने वा रोजगारीमा विदेश जाँदा ठुलो मात्रामा देशको आर्थिक हिस्सा बिदेसिएको बताए । जसका कारण पनि देशमा आर्थिक सङ्कट आएको उनको भनाई छ । ‘देश छोडेका युवा विदेशमै पलायन हुने भएकाले देशमा विभिन्न समस्या भएको छ । पढ्न भनेर गएका युवाहरू नेपालमै फिर्किएर नयाँ काम गरेका छैनन् । त्यसैले युवालाई देशमै केही गर्न सकिन्छ र केही गर्नुपर्छ भनेर उत्प्रेरणा दिन पनि नगरले कार्यक्रम आयोजना गरेको हो ।’

नगर उपप्रमुख अनिता लामाले नगरका युवालाई स्वरोजगार प्रदान गर्न र युवा शक्तिलाई देशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गरिएको बताइन् । उनले ज्ञान, सीप, क्षमता भएका सम्भावना बोकेका युवालाई नयाँ कामको खोजी गर्न मेलाबाट सहज हुने धारणा राखिन् । उपप्रमुख लामाले नगरको आ.व. ०८०–८१ को नीति कार्यक्रममा पहिला शिक्षालाई प्राथमिकता दिने र दोस्रो स्वरोजगारका समस्या समाधानका मागलाई सम्बोधन गर्ने तयारी गरेको बताइन् ।

मेलामा ५० भन्दा बढी रोजगार प्रदायक र सिपमूलक तालिम तथा परामर्श दिने संघ संस्थाहरूले स्टल राखेका थिए । जसमध्ये महिला उद्यमी तथा व्यवसायीहरूको ६ वटा स्टल, शैक्षिक संस्थाको ५ वटा, तालिम तथा रोजगार प्रदान गर्ने संस्थाहरूको ८ वटा, बैङ्कको १ वटा, होटेल तथा पर्यटनको २ वटा, उद्योग तथा व्यवसायीहरूको १० वटा लगायत नगर युवा परिषद्, स्काउट र मौलिक खानेकुराका फुड स्टलहरू थिए । सम्पूर्ण स्टलहरूको व्यवस्थापन निःशुल्क गरिएको हो ।

मेला अवलोकन गर्न आएका विद्यार्थीहरूलाई नगरपालिकाको सभा हलमा ‘मेरो भविष्य’ सम्बन्धित विषय विज्ञहरूले सामूहिक परामर्शसमेत दिएका थिए । सोही सामूहिक परामर्शको क्रममा ‘गरिखाने को कथा’ शीर्षकमा नगरपालिकामा रहेका सफल उद्यमी, बैंकर, पर्यटन व्यवसायी, कलाकार लगायत अन्य क्षेत्रका अब्बल व्यक्तित्वहरू द्वारा प्रेरक प्रस्तुति पनि दिइएको थियो । उपस्थित सहभागीमध्ये ५,०४० जनाले नगरपालिका सभा हलमा सञ्चालन भएको ‘गरी खाने कथा’ सत्रमा भाग लिएर प्रत्यक्ष परामर्श पाएका छन् ।

अवलोकनमा आएका विद्यार्थी, युवा तथा गृहिणी महिलाहरूले सिप सिकाउने संस्था लगायत रोजगारदाताहरूसँग प्रत्यक्ष संवाद गरेका थिए । सहभागीहरूले यस मेलाबाट वृत्ति विकास सम्बन्धी परामर्श पाएकोमा र संस्थाहरू सँग प्रत्यक्ष संवाद गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । अधिकांशले तालिम प्रदायक संस्थामा तालिमका लागी फारम भरेका छन् भने रोजगारीमा इच्छा देखाएकाहरूलाई केही संस्थाले रोजगारी समेत प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । मेलामा मेलामा उपस्थित विभिन्न रोजगारदाता र तालिम प्रदायक संस्था तथा कम्पनीहरूले ४५ जनालाई रोजगारीको अवसर प्रदान गरेका थिए । त्यीमध्ये बायोडाटा र अन्तरवार्ताको आधारमा २१ जना रोजगारीमा आबद्ध भएको विवरण सार्वजनिक गरिएको छ । यस्तै मेलामा उपस्थित विभिन्न रोजगारदाता र तालिम प्रदायक स्टलहरूको भ्रमणबाट १३१० जनाले तालिमका लागि स्वेच्छा फारम भरेका छन् भने ७३० जनाले रोजगारीका लागी आवेदन दिएका छन् ।

नगरपालिकाको अनुसार अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा बुढानीलकण्ठ नगरपालिकाले उपत्यकामै पहिलो पटक यस मेलाको सुरुवात गरेको थियो । उक्त मेलामा २५६० जनाले उपस्थिति दर्ता गराएका थिए । जसमध्ये १५७० जनाले प्रत्यक्ष परामर्श पाएको नगरपालिकाको अभिलेखमा उल्लेख छ ।

यो पनि…
रैथाने जनजीवन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न कृषि मेला (फोटो फिचर)
११३ औँ श्रमिक महिला दिवस : सशक्तीकरण संवाद (भिडियो पनि)



...
İhale Dosyası Hazırlama

Kamu ihalelerine katılan firmalara firmamızın bilgi birikimi ve deneyimiyle ve geçmişte hazırlamış olduğu yüzlerce ihale dosyasındaki bilgiler ile harmanlanarak ayrıca maliyet hesaplamaları yapılmakta rapor olarak yaklaşık maliyet çalışması oluşturulmaktadır. Raporlar sonucu teklif oluşturma aşamasında da firmamız söz konusu iş ile alakalı olarak firmanızın istemesi durumunda teknik destek konusunda tavsiyelerini her aşamada belirtmektedir. Uygun fiyatlara malzeme tedarik yerleri usta temini, teknik personel temini gibi konularda da her zaman yanınızdadır.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत केही दशकहरूमा हाम्रो वातावरणमा जसरी प्रदूषण बढ्दै गइरहेको छ, त्यो वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि धेरै हिसाबले

यस धर्तीमा यस्ता रहस्य छन्, जसको बारेमा वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । संसारभरका नदी र तालहरूमा धेरै

घरबाहिर तथा बैठक कोठालाई सजाएर राख्दा घरको वातावरण सकारात्मक मात्रै होइन, तपाईंलाई एउटा फरक छवि पनि दिने गर्छ । घरभित्रको

मानव जीवनको सुरक्षाका लागि वातावरणलाई सुरक्षित राख्नुपर्छ । आधुनिकतातर्फ अघि बढिरहेको विश्वमा विकासको बाटोमा हामीले पृथ्वी र वातावरणका लागि घातक